Video

काभ्रेकी उग्रचण्डी भगवती माईलाई फेरी आयो पसिना

काभ्रेको नाला स्थित उग्रचण्डी भगवती माईलाई पसिना आएको छ । उग्रचण्डि भगवती माईलाई ५ वर्ष पछि पसिना आएको हो । नाला भगवती मेला पर्व तथा व्यवस्थापन समितिका अध्यक्ष सिद्धिबहादुर कर्माचार्यका अनुसार बुधबार बिहान पौने ७ बजे स्थानीय मंगल श्रेष्ठ र राजेन्द्र श्रेष्ठले मन्दिर परिसरभित्र महिला रोएको आवाज सुनेका बताइएको छ । त्यसपछि भगवती माईको शिलामा पसिना आएको समितिका अध्यक्ष कर्माचार्यले बताउनु भयो ।

देशमा कुनै अनिष्ट हुनु अघि पूर्व संकेतका रुपमा भगवती माईको शिलामा पसिना आउने गरेको किम्बतन्ती रहेको छ । यसरी माईलाई पसिना आउदा देशमा केहि अनिष्ट हुन्छ भन्ने जनविश्वास रहेको छ । पसिना आएपछि पुजारीहरुले क्षमा पुजा गर्ने बताइएको छ । हेर्नुहोस –

Related Articles

Back to top button
Close