News

सुनिताको पीडा : अन्तरजातीय विवाह गरेकै कारण अहिलेसम्म घरजान पाएको छैन ।

काठमाडौं २३ जेठ / विगत पाँच बर्ष अगाडि रेडियो धादिङको स्टुडियोबाट कार्यक्रम सञ्चालन गरिरहेकी सुनितासँग अन्तर्वार्ता दिन जाने क्रममा अमृत सँग चिनजान भएपछि बिस्तारै झांगिएको प्रेम सम्बन्ध अन्तत विवाहमा परिणत भयो , तर अन्तरजातीय प्रेम विवाह गरेकै कारण अमृत सापकोटा र सुनिता बगदाश अहिलेसम्म घर जान नपाएको गुनासो पोख्छन् ।

अन्तरजातीय विवाहको कारणले गाउँलेसँग डराएर अहिलेसम्म गाउँ नफर्किएका अमृत र सुनिता विवाह पश्चात् डेरा गरेर बसिरहेका छन् । सुनिता भन्छिन् : ‘घरजाने ठूलो रहर छ तर के गर्नु अझैपनि समाजको डर लाग्छ ।” उनिहरुको साथमा एक सन्तान पनि छ ।

अमृत सापकोटा गायक हुन्, उनी पहिल्यैदेखि गीतसंगीतमा लागेपनि पछिल्लोसमय भाइरल भएकी बाल गायिका कमला घिमिरेलाई मिडिया सम्म ल्याएपछि चिरपरिचित बनेका हुन् । त्यस्तै सुनिता बगदाश सञ्चारकर्मी हुन्, सुनिताले विवाह अगाडि देखिनै रेडियो धादिङ १०६ मेगाहर्जमा लोकदोहोरी विशेष कार्यक्रम संचालन गर्थिन, पछिल्लो समय उनिपनि दोहोरी गायिका बनिसकेकी छिन् ।

पछिल्लोसमय उनिहरुको विभिन्न युट्युब अनलाइनमा रमाइलो दोहोरीहरु सुन्न पाइन्छ , अमृत र सुनिताले एल्बम समेत निकालिसकेका छन् ।

——————————

बिगत लामो समय देखि चर्चामा आयका गायक अमृत सापकोटा को पनि आफ्नै छुट्टै कथा अनि ब्यथा रहेछ । कमला घिमिरेलाइ मिडियामा ल्याउने पनि उनै हुन । अझ भन्ने हो भने चिया छानेको बोलको गितबाट भाइरल हुन पुगेका भन्न सुहाउछ । विभिन्न लाइब दोहोरी हरुमा पनि सहभागी हुँदै आयका छन गायक अमृत सापकोटा ।

उनकी श्रीमति पनि गित गाउनमा एकदमै रुचि राख्ने हुन । गायक अमृत र उनकी श्रीमति सुनिता को पनि प्रत्यक्ष लाइब दोहोरी युटुबमा पाउन सकिन्छ । त्यस्तै अहिले समाजमा घटिरहेको घटनाहरुले सिङ्गो देशनै त्रास अनि दुखी छ । जेठ १० गते बेलुका रुकुममा भयको दर्दनाक घटना पछि देशनै शोकमा डुबेको छ ।

गायक अमृत सापकोटाकी श्रीमति भने दलित हुन । अहिले सम्म अमृतले आफ्नो घर प्रबेश गरायका छैनन किन भने भोलि समाजले नै गाउँ निकाला पो गर्ने हो कि भन्ने डर त्रास मन भरी छ । गह भरी आँसु पार्दै भन्छिन कर्म घर जाने रहर त कति छ कति तर यहाँ जातभातले कुरा नमिल्ने रहेछ भन्छिन अमृतकी श्रीमति।

Related Articles

Back to top button