News

मुलुकभर आज दिनभरजसो र राति पनि वर्षा हुने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका बिभिन्न भू(भागमा अबको २४ घण्टासम्म नै वर्षा हुने पूर्वानुमान गरेको छ ।

अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले आज दिनभरजसो र राति पनि वर्षा हुने महाशाखाले जनाएको छ । अहिले प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का अधिकांश भू-भागमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

Related Articles

Back to top button
Close