News

लकडाउनको बेला राधाकृष्ण मन्दिरमा के गर्दैछन् अनमोल र सुहाना ?

काठमाडौ, २२ जेठ । नेपाली चलचित्रका लोकप्रिय अभिनेता अनमोल केसी र नायिका सुहाना थापाले राधाकृष्ण मन्दिरमा निर्जला एकादशी मनाएका छन् ।

हिन्दु धर्मअनुसार उक्त दिनमा निर्जल व्रत (पानी नपिएरै) बसेर भगवान विष्णुको आराधना गर्नु निकै महत्वपुर्ण मानिन्छ ।

कलाकार द्धय अनमोल र सुहानाले बुढानिलकण्ठको राधाकृष्ण मन्दिरमा निर्जला एकादशीको अवसरमा भजन किर्तन गरी जमिन पनि खनेका छन् ।

अनमोलले माछा मासु छाडेर भगवान कृष्णका भक्त भएका छन् ।

‘ए मेरो हजुर ३’ चलचित्रमा अभिनय गरेसंगै यी दुई कलाकार प्रेम सम्बन्धमा रहेका छन् ।

नायिका झरना थापाले निर्देशन गरेको उक्त फिल्म २०७६ मा सफल फिल्मको सुचीमा पर्न सफल भयो ।

अब बन्ने फिल्म ‘ए मेरो हजुर ४’ मा पनि यो जोडीले अभिनय गर्नेछन् ।

अनमोलले आज सामाजिक सञ्जालमा आफु र सुहानासहितको भिडियो सार्वजनिक गरेका छन् ।

Related Articles

Back to top button
Close