News

बलिउडलाई फेरि अर्को झड्का, २८ बर्षीय निर्देशकको निधन

काठमाडौं – बलिउडका एक चर्चित निर्देशक कृष कपूरको निधन भएको छ । भारतिय मिडियाका अनुसार उनको २८ बर्षको उमेरमा ब्रेन हेमरेजका कारण निधन भएको हो । ३१ मेमा एक्कासी बेहोस भएका कृषको केही छिनमै निधन भएको जनाइएको छ । उनी बेहोस भएर लडेपछि शरीरबाट रगत बगेको थियो ।

महेश भट्टको फिल्म ‘जलेबी’, कृति खरबंदा स्टारर फिल्म ‘वीरे की वेडिंग’मा काम गरेका उनको निभनले बलिउड अहिले शोकमा डुबेको छ । उनको निधनको खबरले बलिउडका कलाकारहरुले सामाजिक सञ्जालमार्फत दुख व्यक्त गरेका छन् । बलिउडले पछिल्लो एक महिनादेखि कलाकारहरु गुमाइरहेको छ ।

Related Articles

Back to top button
Close