News

प्रधानमन्त्री ओलीको निर्देशन : कोरोना तीव्र गतिमा फैलिँदै छ, लकडाउन तत्कालै नखोल्नु

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै लकडाउन नखोल्न निर्देशन दिएका छन्। बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा उनले यस्तो बताएका हुन्।

बैठकमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिँदै गएकाले अहिले तत्कालै लकडाउने खोल्ने दिशातर्फ कुनै पनि कदम नचाल्न प्रधानममन्त्रीले मन्त्रीहरुलाई निर्देशन दिएका हुन्। प्रधानमन्त्रीले बैठकमा लकडाउन र कोरोनाको जोखिमबारेमा फेरि एक दुई दिनमै छलफल गरेर समीक्षा गर्नुपर्ने बताउँदै अहिलेलाई लकडाउन यथावत राख्‍न भनेका हुन्।

त्यही अनुसार उच्चस्तरीय समितिले दुई दिनभित्रमा लकडाउन खुकुलो बनाउने कार्ययोजना तयार गर्ने भएको छ।

Related Articles

Back to top button