News

कोरोनाबाट थप १ जनाको मृत्यु

काठमाडौं: नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको ज्यान गएको छ । पछिल्लो अद्यावधिक विवरणअनुिार नेपालमा कोरोना भाइरस (कोभिड-१९) कारण थप एक जनाको मृत्यु भएको हो ।कोरोना भाइरस (कोभिड-१९)को संकमणका कारणपाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।पूर्वखोला -२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्‍याइएको थियो ।

मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीका अनुसार रिपोर्ट पोजेटिभ आएपछि भर्खरै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खबर गरिएको छ ।कोभिडको आंशका गर्दै उनको शव व्यावस्थापन गरिएको छैन । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।अद्यावधिक तथ्यांक अनुसार नेपालमा थप ३३४ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टाको अवधिमा नेपालमा थप ३३४ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ३१९ पुरूष तथा १५ जना महिला रहेका छन् । यो संगै संक्रमितको संख्या २ हजार ६ सुआ ३४ जना पुगेका छन् ।

Related Articles

Back to top button
Close