News

स्वास्थ्यमन्त्रीको अनुमान, ‘एक महिनामा कोरोना संक्रमित १५ हजार पुग्छन् !’

काठमाडौं, २२ जेठ । वुधवार एकै दिन नेपालमा कोरोना संक्रमितको संख्या २ सय नाघ्यो । यो संख्या संगै नेपालमा कोरोना संक्रमितो संख्या २ हजार ३ सय पुग्यो । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले एउटा कार्यक्रममा अब कोरोनाको गम्भिर लक्षण देखिएका र भेन्टिलेटरको आवश्यकता पर्नेलाई मात्र अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार गरिने नीति ल्याउने बताए । अहिले सम्म कोरानो संक्रमित सबैलाई आइसोलेसनमा राखेर उपचार गर्ने गरिएको थियो । यो संगै स्वास्थ्यमन्त्री ढकालले एक महिनामा नेपालमा १५ हजार कोरोना संक्रमितको संख्या पुग्न सक्ने अनुमानित तथ्यांकबारे खुलाएका छन् ।

बुधबार एकैदिन २०१ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेका बेला उनको यो अनुमान मन्त्रालयको आन्तरिक प्रक्षेपणका आधारमा आएको विश्लेषण गरिएको छ । भारतवाट दिनहुँ हजारौंको संख्याा नागरिक नेपाल भित्रने, दिनहुँ नेपालमा संक्रमितको संख्या बढ्ने र लामो समय देखिको लकडाउनले आजित भएकाहरुले लकडाउन तोड्दै ब्यवसाय संचालन गर्ने अवस्था आएको अवस्थामा स्वास्थ्यमन्त्रीको यस्तो अनुमान आएको हो ।

हाल स्वास्थ्य मन्त्रालय र विविध नीजि कम्पनी मार्फत पनि परिक्षणको दरमा वृद्धि भएका कारण यो अनुमानित तथ्यांक सार्वजनिक गरिएको हो । अर्कोचाहिँ भारतबाट नेपालमा अत्यधिक नागरिकको आगमन भएको र उनीहरूमा कोरोनाको संक्रमण धेरै देखिनु पनि आधार मानिएको हो ।

यस्तो अवस्थाका कारण मन्त्री ढकालले संक्रमितहरूलाई आइसोलेसन केन्द्र बनाएर राख्ने नीतिमा सरकार अघि बढेको मन्त्री ढकालले खुलाएका छन् । घरमै पनि आइसोलेसन कायम गरिने नीतिमा सरकार अगाडि बढेको छ । सबै संक्रमितलाई अस्पतालमा राख्न सम्भव नहुने देखिएपछि मन्त्रालयले यस्तो निती ल्याएको हो ।

संक्रमितमध्ये ५ प्रतिशतलाई भेन्टिलेटरको आवश्यक पर्ने देखिएको अहिले सम्मको अनुमान छ । त्यसै अनुसार सरकारले तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले गत महिना नै एक कार्यविधि तय गरेर संक्रमित संख्या दुई हजार नाघेमा लक्षण नदेखिएका संक्रमितलाई घरमै आइसोलेसनमा राख्ने जनाएको थियो ।

मंगलवार नै यो तथ्याकंमा संक्रमित पुगेपछि सरकारले सोही निती अवलम्बन गर्न लागेको हो । कार्यविधिमा संक्रमित संख्या दुईदेखि पाँच हजार पुग्दासम्म लक्षणविहीन संक्रमितलाई होम आइसोलेसनमा राखिने र लक्षण भएकाहरूलाई मात्र अस्पताल भर्ना गरिने भनिएको थियो । अहिले नेपालमा दैनिक ३ हजारको दरले परीक्षण भइरहेको छ । जसमा दैनिक औसत साढे दुई सय संक्रमित थपिएका छन् ।

Related Articles

Back to top button
Close