News

कपिलवस्तुमा थप १२ जनामा काेराेना पुष्टि, संक्रमित संख्या ४१४ पुग्याे

कपिलवस्तु, २२ जेठ । कपिलवस्तुमा काेराेना भाइरस (कोभिड १९) थप १२ जनामा संक्रमण पुष्टि भएकाे छ । यससँगै कपिलवस्तुमा मात्रै संक्रमित संख्या ४१४ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएकाे छ ।

जिल्लाकाे वाडगंगा नगरपालिका वार्ड नं १ मा २१ वर्षकाका पुरुष १ जना तथा वार्ड नं २ का ८ र २६ वर्षीया महिला २ जना, ३९ पर्षीय पुरुष १ जनामा काेराेना पाेजेटिभ भेटिएकाे हाे । साेही नगरपालिका वार्ड नं ४ का ३४ वर्षीय पुरुष १ जना र वार्ड नं ७ का ३९ वर्षीय पुरुष १ जना गरी कुल ६ जनामा काेराेना भेटिएकाे हाे ।

यसैगरी यशोधरा गाउँपालिका पनि ६ जना रहेका छन् । साे गाउँपालिकाकाे वार्ड नं ७ का २२, २६, ३०, ३६, ४२, ४८ वर्षीय पुरुषहरू ६ जनामा काेराेना पुष्टि भएकाे हाे ।

Related Articles

Back to top button
Close