News

अब कोरोनाभाइरस संक्रमित घरमै बस्न पाउने, यस्ता छन् शर्तहरु

काठमाडौं । सरकारले लक्षण नदेखिएका र कम देखिएका कोरोनाभाइरस संक्रमितलाई घरम आइसोलेसनमा बस्न पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको लक्षण कम देखिएका र नदेखिएका दुवै खालका संक्रमितलाई घरमै आइसोलेसनमा बस्न पाउने नयाँ मापदण्ड बनाएको हो ।

कोरोना परीक्षणमा पोजेटिभ नतिजा आएमा लक्षण नभएका (एसिम्योयाटिक), हल्का (माइल्ड), मध्यम (मोडरेटेड), गम्भीर (सेभियर) र नाजुक (क्रिटिकल) के हो भनेर छुट्याउनु पर्ने भएको छ । यसरी छुट्याइएको रिपोर्टअनुसार लक्षण नभएका र हल्का लक्षण भएका संक्रमितहरुलाई घरमै आइसोलेसनमा बस्न पाउने मापदण्ड स्वास्थ्य मन्त्रालयले बनाएको हो ।

यसका लागि उपचार अवधिभर बाहिर ननिस्कने, प्रकाश पर्याप्त आउने छुट्टै कोठा राख्ने, आवश्यक सामग्री परिवारका सदस्यहरुमार्फत मगाउने, खानपिनमा सावधानी र दिनमा तीन पटक ज्वरो जाँच्नु पर्ने लगायतका शर्तहरु राखिएको छ ।

Related Articles

Back to top button
Close