Tuesday, May 17

प्रधानमन्त्रीका कारण यतिको जहाज आकासमा घुमेको घुम्यै

April 1, 2022 505

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् । उनी औपचारीक भ्रमणका लागि भारत गएका हुन् । उनको उडानका कारण यति एयरलायन्सको विमान आकाशमै होल्ड भएको छ।

झापाको भद्रपुरबाट सवा १२ बजे काठमाडौंका लागि उडेको विमान १ बजेर ४० मिनेटसम्म आकाशमै फन्को लगाइरहेको छ। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार प्रधानमन्त्री भारत प्रस्थान गर्न लागेका कारण उडान होल्ड गरिएको हो। प्रधानमन्त्रीज्यूको उडान हुन लागेकाले केहीबेर होल्ड भएको होु, उनले भने प्रधानमन्त्रीज्य उडेपछि ल्याण्ड हुन्छ।

यो पनि, विश्वकै प्रदूषित शहरको मापन गर्ने आइक्युएयर डटकमका अनुसार पछिल्ला ३ दिनमा नेपालको राजधानी शहर काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा शीर्ष पाँच शहरमा परिरहेको छ।

कहिले पहिलो त कहिलो दोस्रो तेस्रो अनि चौथो नम्बरमा काठमाडौं घुमिरहेको छ। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ७५ देखि १ सय ५० माइक्रोग्राम एयर क्वालिटी इन्डेक्सलाई अति प्रदूषितका रूपमा लिई मास्क अनिवार्य लगाउनुपर्ने हुन्छ भने १५० भन्दा माथिको प्रदूषण भए खतरनाक परिस्थितिका रूपमा हेरिन्छ।

पछिल्ला ३ दिनमा १ सय ५० देखि १ सय ८२ माइक्रोग्राम एयर क्वालिटी इन्डेक्सको मात्रा मापन गरिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार यो खराब सूची हो। यही कारणले काठमाडौंको आकाश प्रदूषणका कारण धुम्म छ। दिउँसोको समयमा घाम लागे पनि सूर्यको प्रकाश अघिपछि जस्तो चहकिलो देखिएको छैन।

Comment