News
अन्ततः सरकारद्वारा लकडाउन खुकुलो पार्ने निर्णय
![]() |
---|
|
![]() |
काठमाण्डौ, २१ जेठ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ ।
समितिको बुधबारको बैठकले लकडाउन खुकुलो पार्ने निर्णय गरेको हो । उद्योगी व्यवसायी, नागरिक अगुवा, स्वास्थ्य विज्ञ र सर्वसाधारणले समेत ‘लकडाउनको विकल्प लकडाउन’ नभएको भन्दै खुकुलो गर्न सुझाउँदै आएका थिए ।
बुधबार मात्र साना व्यवसायीहरुले बिहीबारदेखि काठमाण्डौ उपत्यकामा दैनिक उपभोग्यसहित सबै प्रकारका पसल खोल्ने निर्णय गरेका छन् । उच्चस्तरीय समिति सदस्यसमेत रहेका एक मन्त्रीले लकडाउन खुकुलो पार्नेबारे तत्काल निर्णय गर्न मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको बताए ।
![]() |
---|
|
![]() |