News

साउदीबाट नेपाल फर्किन इच्छुक नेपालीलाई दूतावासको यस्तो अनुरोध

काठमाण्डौ / साउदीबाट नेपाल फर्कन पर्ने नेपाली श्रमिकसँग त्यहाँ रहेको नेपाली दूतावासले थप विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

सरकारले तोकेको प्राथमिकतामा परेका नेपालीको स्वदेश फिर्तीको सहजीकरणका लागि थप कागजता आवश्यक रहेको दूतावासले जनाएको छ ।

प्राथमिकतामा पर्नेले म्याद भएको बहिर्गमन भिसा, राहदानीको कपि, बिरामी भएकाहरुले चिकित्सकको प्रमाणपत्र, औषधिको प्रेस्किप्सन, आफन्तको मृ त्यु भै काजकिरियाका लागि नेपाल जानुपर्नेको हकमा कारणसहितको स्वघोषणा, नेपाल जानुपर्ने विद्यार्थीहरुको अध्ययन सकिएको वा बिदा आदिको कागजात उपलब्ध गराउनु पर्नेछ ।

कागजात दूतावासको ह्वाट्स्एपमा नम्बर ०५०००३१७०५ मार्फत, इमेल [email protected] मार्फत पठाउन सकिनेछ । अन्य कुनै जानकारी वा जिज्ञासा भएमा दूतावासमा ९०११४६१११०८, ०५५९३८९६०० नम्बरमा फोन गर्न अनुरोध गरिएको छ ।

Related Articles

Back to top button