Video

हास्य कलाकार नारायण त्रिपाठी प्रेम चराेले गरे लकडाउन अवधिभरकाे घरभाडा मिनाहा- भिडियाे

ई देउराली डटकम : यतिबेला कोभिड १९ अर्थात कोरोना भाइरसको कारणले विश्वभर महामारी फैलिएको हुदाँ दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गरेर बस्नेहरूलाइ निकै समस्या परेको अवस्थामा हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका चर्चित हाँस्य कलाकार नारायण त्रिपाठी अर्थात प्रेम चरोले नेपालको आफ्नो घर भाडामा बस्नेहरूलाइ लकडाउन अवधीभरको मासिक एक लाख बराबरको घरभाडा मिनाह गर्ने निर्णय गरेको उज्यालो खबरलाइ बताएका छन्।

एक समय कलाकारिता क्षेत्रमा सानो पर्दा देखि ठूलो पर्दासम्म एक छत्र राज गरेका त्रिपाठी बिगत केही समयदेखी अमेरिकामा बसोबास गर्दै आएका छन्। उज्यालो खबर संगको कुराकानीमा उहाँलाइ किन यस्तो निर्णय गर्नुभएको भन्ने प्रश्नमा उहाँले भन्नुभयो, म पनि दुख गरेर यहाँसम्म आएको हुँ र दुख के हो भन्नेकुरा मैले पनि भोगेको छु, मैले यति सानो सहयोग गर्दा असहाय दुखी पिडितलाइ राहत मिल्छ भने म अवस्य गर्नेछु।त्रिपाठीले केही समय अघि पनि असहाय पिडितलाइ सहयोग गरेका थिए। उनले हाल अमेरिकाबाटै विभिन्न कमेडी तथा जनचेतनामुलक भिडियाेहरू अाफ्नाे युट्युब च्यानल मार्फत प्रस्तुत गर्ने गरेका छन। भिडियाेह हेर्न तलको लिङकमा क्लक गर्नुहोला। क्लिक

Related Articles

Back to top button
Close