News

उग्रचण्डी भगवती माईलाई पसिना, अनिष्ट हुने संकेत

काठमाडौं । काभ्रेपलान्चोक जिल्लाको उग्रचण्डी भगवती माइलाई पसिना आएको छ । आज बुधबार बिहान पौने ७ बजे भगवती माईलाई पसिना आएको मन्दिरका पुजारी सिद्धिबहादुर कर्माचार्यले बताए । देशमा कुनै अनिष्ट हुनु अघि पूर्व संकेतका रुपमा भगवती माईको सिलामा पसिना आउने गरेको किंबतन्ती रहेको छ । भगवती माईको सिलमा पसिना आएपछि पुजारीहरुले तत्काल क्षमा पुजा गर्ने बताइएको छ ।

२०७१ साल कात्तिक १५ गते पनि भगवती माईलाई पसिना आएको र त्यसको ६ महिना पछि अर्थात २०७२ साल बैशाख १२ गते बिनाशकारी भुकम्प गएको थियो । त्यो बेला पसिना आएपछि क्षमा पुजा, भगवतीको जात्रा, होम र रथयात्रा गरिएको थियो ।

Related Articles

Back to top button
Close