Entertainment

निकै आलोचना खेपेकी वर्षाले भनिन्, ‘उच्च मनोबल र जिम्मेवारीका साथ अगाडि बढ्ने निधो गरेकी छु’

काठमाडौं, २१ जेठ । एउटा अभिब्यक्तिका कारण नायिका वर्षा राउत केही दिन सामाजिक सञ्जालमा निकै आलोचित बनिन् । उनका बारेमा सामाजिक सञ्जालमा हेर्नै नसकिने खालका ट्रोल बनाइए । भिडियो सामग्री बनाएर अश्लिल गाली गरियो । आफ्नो करियरमा यति धेरै आलोचना यि नायिकाले कहिल्यै भोगेकी थिइनन् ।

अष्ट्रेलिया जाँदा लगाएको एउटा ड्रेसका कारण ट्रोल बन्दा उनलाई खासै समस्या भएको थिएन । तर यो पटक उनले भोगेको अप्ठेरो अलि फरक खालको थियो ।
राष्ट्रियताका विषयमा नायिका वर्षा राउतले दिएको एक अभिव्यक्तिले खुबै आलोचना भोग्नु परेको थियो ।

चलचित्र क्षेत्रमा केही बर्ष बिताउँदै गर्दा वर्षाले यति धेरै आलोचना भोग्नु परेको यो पहिलो पटक हो । भावूक स्वभावकी अहिलेको आलोचनाले भने निकै बिचलित भइन् । उनले त्यो गल्ती सच्याउन दिएको अभिब्यक्तिलाई पनि टिप्पणी गरियो । राष्ट्रियताको वहस निकै चर्को भएको बेलामा बोलि चिप्लिदा उनले ठूलै मुल्य चुकाउनु पर्यो । उनलाई यो घटना विर्सिएर अगाडि बढ्न अझै समय लाग्नेछ ।

तर, वर्षाले अब भने आफू उच्च मनोबलका साथ अगाडि बढ्ने बताएकी छिन् । वर्षा लेख्छिन्–‘न्यानो माया दिनेहुने सबैलाई नमन गर्न चाहन्छु । उच्च मनोबल र जिम्मेवारीका साथ अगाडि बढ्ने निधो गरेकी छु ।’

चलचित्र क्षेत्रमा काम गर्ने कलाकारहरु समय समयमा विवादित बन्दै आएका छन् । सानो कृयाकलाप पनि निकै चासोका साथ हेरिने भएकाले कलाकारहरुको सानो गल्तीको पनि ठूलो प्रतिकृया आउने गर्छ । यो पटक वर्षाले भोगेको विवाद अरुको भन्दा विल्कुल फरक छ । तर, यसपटक उनले भोगेको विवाद उनको करिअरकै लागि ठूलै पाठ समेत बनेको छ । यसैले पनि वर्षाले जिम्मेवारीका साथ अगाडि बढ्ने उल्लेख गरेकी छिन् ।

Related Articles

Back to top button
Close