International

कोरोना भाइरसको संक्रमणबाट पाकिस्तानका मन्त्रीको निधन

काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पाकिस्तानमा मन्त्रीको निधन भएको छ। पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो। मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो र स्थिति गम्भीर हुँदै गएपछि अस्पताल भर्ना गरिएको थियो।

मुर्तुजा बलोच पाकिस्तानको पिपुल्स पार्टी (पीपीपी) को कराँची अध्यक्षसमेत थिए। उनी सन् २०१६ मा विधानसभा सदस्य चुनिएका थिए। पीपीपीका अध्यक्ष बिलावल भुट्टो र सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अलीे मुर्तुजाको निधनप्रति शोक व्यक्त गरेका छन्। पाकिस्तानमा कोरोनाका कारण हालसम्म ७६ हजार ३ सय ९८ जनामा संक्रमण देखिएको छ भने एक हजार ६ सय २१ जनाको मृत्यु भइसकेको छ ।

Pakistan Prime Minister Imran Khan arrives at Islmabad airport.

Related Articles

Back to top button
Close