News

त्रिविको हेटौडास्थित वनविज्ञान अध्ययन संस्थामा बनेको कोरोना औषधिको के हुँदैछ ?

चितवन । हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोना भाइरसविरुद्धको खोप तयार भएको खवर हिजो मात्र बाहिर आएको हो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत सो कलेजका प्रा। डा ललितकुमार दासले आफूले ६४ दिनको मेहनतपछि सो खोप तयार गरेको जिकिर गरेका थिए ।

वाग्मती प्रदेश केमिकल सोसाइटीका उपाध्यक्ष डा. दासले यसअघि हर्बल सेनिटाइजर बनाइसकेका त्यने उपयोगि पनि भएको छ ।
सीमित स्रोतसाधन बाट अत्यन्तगहनताका साथ अध्ययनअनुसन्धानबाट खोप पूर्णरुपमा तयार भएको उनले बताएका हुन् ।
एक हप्ता अगाडि वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले उक्त प्रयोगशालाको निरीक्षण गर्दै खोप निर्माण हुनेबित्तिकै परीक्षण गराइने आश्वासन दिएका थिए ।

वनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा बिएचडी गरेका डा. दासले त्यस्तो अमुल्य औषधि बनाएका छन् भने उनको औषधि कहाँ परीक्षण गर्नु पर्ने हो । कसले गर्ने हो त्यो तदारुकता साथ गरिनु पर्छ । एन्टी अक्सिडेन्ट एक्टिभिटी र इञ्जिमेटिक एक्सन भएको वनस्पति लिएर कोरोना भाइरसविरुद्धको खोप बनाएको उनले बताएका छन् ।

उनी एउटा व्यक्ति बोल्दैमा यसको आधिकारिता पक्कै पुष्टिी हुँदैन त्यसैले पुरै देशले उनको फर्मुलामा व्यापक खोजी गर्न आवश्यक छ । वैज्ञानिक एक्लै कहि पनि सफल हुँदैन यसका देशको पुर्ण सहयोग चाहिन्छ । त्यसैले सम्वन्धित विभागले वा निकायले यसबारे खोज्न र परीक्षण गराउन आवश्यक छ । त्यो बिषय पढेको जोकोहीले ये औषधि बनाउन सक्ने हुँदा उनको औषधि परीक्षण को काम छिटो गर्न आवश्क छ ।

Related Articles

Back to top button