News

आमाको श-वसँग खेल्दै ब्युँझाउन खोज्ने बालकलाई साहरुखले गरे सहयोग

लकडाउनको समयमा अघिल्लो हप्ता अहमदाबाद आएको श्रमिक रेलमा बच्चासहित सवार एक महिलाको मुजफ्फरपुरमा निधन भएको थियो ।

ती बालक आमाको पछ्यौरी तान्दै, उनीसँग जिस्कँदै खेलिरहेका थिए ।

रेल्वे स्टेशनमा राखिएको आमा (ती महिला) को श-वलाई ती बालकले ब्युँझाउन खोजिरहेका थिए ।

ती अबोध बालकलाई यो थाहा थिएन कि उनकी आमा कहिल्यै नब्युँझने गरी निदाइसकेकी छिन् ।

उनको आत्मा, ममता शरीरसँग छैन !

मजदुर महिलाका तिनै अवोध बालक तथा महिलाको परिवारको सहयोगका लागि बलिउड अभिनेता शाहरुख खान अघि सरेकाे हिन्दुस्तान टाइम्सले जनाएकाे छ ।

अहिले बालकको हेरचाह हजुरबुवाले गरिरहेका छन् ।

साहरूखको स्वामित्वमा रहेको मीर फाउन्डेशनले सहयोगको हात अघि बढाएको हो ।

काे हुन् साहरुख खान ?

उनी भारतीय चलचित्र क्षेत्रका बहुप्रसिद्ध अभिनेता हुन्।

खान १९८० को दशकमा धेरै टेलिभिजन धारा वाहिकमा काम गरेर आफ्नो क्यारियर शुरू गरेका थिए ।

उनले चलचित्र क्षेत्रमा दिवाना फिल्मबाट प्रवेश गरे जुन फिल्म व्यावसायिक रूपमा सफल भयो ।

त्यस पछी उनी धेरै व्यावसायिक सफलताहरूको भाग भए र विभिन्न प्रशंसित प्रदर्शन गरेका छन् ।

खान भारतको नयाँ दिल्लीमा इस्लाम धर्मको पठान बंश भएको घरमा १९६५ मा जन्मिएका थिए ।

उनको बुबा ताज मोहम्मद खान ब्रिटिश भारत को एक भारतीय स्वतंत्रता कार्यकर्ता थिए।

उनले सेन्ट्रल दिल्लीमा सेन्ट कोलम्बस स्कूलमा अध्ययन गरे।

यद्यपि उनले आफ्नो स्कूलको समयमा खेलमा उत्कृष्ट भए तापनि उनलाई चोट लागेको कारणले खेल खेल्नबाट रोक्न थालेको थियो।

यस समयमा उनले अभिनय, सडक नाटक शुरु गरे ।

Related Articles

Back to top button