News

थप ३० जनामा देखियाे काेराेना

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित कपिलवस्तुमा थप ३० जनामा कोरोना संक्रमण देखिएकाे छ ।बुधबार बिहान कपिलवस्तुमा थप ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको हाे । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार थपिएका संक्रमितहरुमा शुद्धाधन गाउँपालिकाका मात्र २८ पुरुष रहेका छन् भने बाणगंगाका २ पुरुष छन् ।

गए राति अबेर पुष्टि भएकाहरुमध्ये शुद्धाेधन गाउँपालिकाका १४ वर्षदेखि ४७ बर्ष सम्मका २८ पुरुष छन् भने आज बाणगंगा नगरपालिका ७ का ३४ बर्षीय र वडा नं ९ का ३९ का २ जना पुरूष छन् । यो संगै कपिलवस्तुमा संक्रमितको संख्या ३९५ पुगेको छ । यसको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट औपचारिकरुपमा पुष्टि हुनचाहिँ बाँकी छ ।यसैगरी थप ८ जना काेराेना संक्रमणबाट मुक्त भएकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ ।

Related Articles

Back to top button
Close