News

दरबारमार्ग क्षेत्रमा आजदेखि व्यवसाय सुचारु

काठमाडौं, २१ जेठ
दरबारमार्ग क्षेत्रमा व्यवसाय सुचारु गर्ने निर्णय व्यवसायीले गरेका छन् । पूर्ण रुपमा स्वास्थ्यसम्बन्धि मापदण्ड अपनाएर पसल तथा अन्य व्यवसायहरु खोल्न लागिएको हो ।

बुधबार व्यवसायीहरुले व्यवसाय सुचारु गर्ने निर्णय गरेका हुन् । सरसफाई गरेर स्वास्थ्य मापदण्डको अनुगमन समेत गरी व्यवसाय गर्ने सहमति भएको हो ।

सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन मात्र लक्बाउँदै जाँदा व्यवसायीहरु धरासायी हुँदै गएका छन् । जसकारण जनस्तरबाटै लकडाउनको स्वरुप फेर्न दबाब बढीरहेको छ ।
देशका विभिन्न सहरमा पनि लकडाउनको अवज्ञा गर्दै व्यवसायहरु सुचारु गरिएको छ ।

Related Articles

Back to top button
Close