News

भोली देखि शनिबार सम्मको मौसम यस्तो छ , सर्तक रहन आग्रह

काठमाडौं / भोली देखी देशभर वर्षा हुने भएको छ । अरब सागरबाट उत्पन्न भएको निसर्ग नामको चक्रवातको असरले नेपालमा वर्षा हुने भएको हो ।

जलतथा मौसम पुर्वानुमान महाशाखाका अनुसार भोली देखी वर्षा मात्र नभइ हिमपात हुन सक्ने सक्ने छ । दक्षिण–पूर्वी अरब सागरमा रहेको न्यून चापीय क्षेत्र उत्तरतर्फ सरिरहेको र यसको अप्रत्यक्ष प्रभाव नेपालमा पनि हुने बताइएको छ ।

शुक्रबार र शनिबार ठूलो पानी पर्ने मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । यसैबीच आज कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै भारतमा पनि दुई दिन भिषण आँधीबेहरी, वर्षा र चट्याङ पर्न सक्ने चेतावनी दिइएको छ ।

Related Articles

Back to top button
Close