News

क्वरेन्टाइनमा श्रीमान् र छोरासहित बसेकी एक महिलाको निधन, शौचालय जाँदा भएकी थिइन् बेहोस

डडेलधुरा । डडेल्धुराको क्वरेन्टाइनमा बसेकी एक महिलाको निधन भएको छ। गन्यापधुरा गाउँपालिका २ की ३० वर्षीया महिलाको निधन भएको हो । मंगलबार राति शौचालय जाँदा बेहोस भएकी ती महिलाको लगत्तै निधन भएको वडाल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले जानकारी दिएबा छन् ।

चार दिनअघि भारतबाट आएकी ती महिला श्रीमान् र छोरासहित गन्यापधुरा गाउँपालिका–१ ले निमार्ण गरेको असिग्राम आधारभूतको क्वारेन्टाइनमा बस्दै थिइन्। मंगलबार राति ११ बजे बिरामी भएकी महिलालाई अस्पताल लैजान १ बजे एम्बुलेन्स पुगे पनि कोरोनाका कारण निधन भएको भन्दै कसैले पनि नछोएको स्रोतले बताएको छ।

श्रोतका अनुसार स्थानीयहरु क्वारेन्टाइन नजिक आगो बालेर बसे पनि एम्बुलेन्समा राख्न कसैले मानेन् । एम्बुलेन्स चालकले पनि स्वास्थ्य सुरक्षाका सामग्री नबोकेकाले हात नलगाएको जनाइएको छ। अहिले स्वास्थ्यकर्मीको टोली घटनास्थल गएको र उनको स्वाब संकलन गरिने स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए। गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले आफू घटनास्थलतर्फ गइरहेको र एक घन्टापछि मात्रै विस्तृत रुपमा जानकारी दिने बताए।

Related Articles

Back to top button
Close