News

कोरोनाबाट मृत्यु हुनेका परिवारलाई १ लाख रूपैयाँ दिने

रुपन्देही / प्रदेश ५ सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेको परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश ५ मन्त्रिपरिषद वैठकले कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ राहतस्वरुप दिने निर्णय गरेको हो ।

यस्तै कोरोनाबाट मृत्यु भएकाहरूलाई बोक्न दुई वटा शबवाहन खरिद गर्न अस्पताललाई १५/१५ लाख रुपैयाँ दिने निर्णय पनि भएको प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

दाङको बेलझुण्डीस्थित आयुर्वेद अस्पताल र नेपालगन्जको खजुरास्थित शुशिल कोइराला क्यान्सर अस्पतालमा बनाइएको कोरोना विशेष अस्थायी अस्पताललाई शबवाहन खरिदका लागि १५ लाखका दरले रकम दिने निर्णय गरेको प्रवक्ता चौधरीले बताए ।

Related Articles

Back to top button
Close