News

अपडेट : साथी भेट्न गएका शिक्षकको रहस्यमय निधन, ४० दिन पछि बल्ल पुग्यो सिआइबीको टोली

कैलाली २० वैशाख । निजि विद्यालयका सञ्चालक कृष्ण भुसालको मृ’त्युको घटना छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै कैलालीको गौरीगंगा नगरपालिका ९ मसुरियामा दबावमुलक प्रदशन शुरु गरिएको ४० दिन पुग्दा समेत सरकारले छानबिनमा चासो नदेखाएको भन्दै आफन्त तथा स्थानीय आ’क्रोसित बनेकाछन् ।

गत बैशाख ११ गते पहलमानपुर साथी भेट्न गएका भुसाल सडकमा मृ’त अवस्थामा फेला परेपछि ह’त्या गरिएको भन्दै आफन्त तथा स्थानीयले ह’त्यारा पत्ता लगाई कार्वाही गर्न सरकारलाई दबाव दिन आन्दोलन गरेको मृ’तकका भाई दिपक भुसालले बताउनुभयो । गौरीगंगा नगरपालिका ९ मसुरियामा रहेको बिहानी क्षितीज बोर्डिङ स्कुलका सञ्चालक एवम् एनप्याब्सनका केन्द्रिय उपाध्यक्ष समेत रहेका ४० बर्षिय कृष्ण भुषाल घोडाघोडी नगरपालिका १० पहलमानपुरबाट एक किलोमिटर पश्चिम कैलाशधाम नजिक सडक छेउमा मृ’त फेलापरेका थिए ।

मृ’तक भुसालको श्रीमती कल्पना भुसालले घोडाघोडी नगरपालिका १० पहलमानपुरमा रहेको पायनियर बोर्डिङ स्कुलका संचालक कुल प्रसाद भट्टलाई भेट्न गएका श्रीमान राती अबेर सम्म घर नपुगेपछि खोजतलास गर्दा पहलमानपुर नजिक सडक छेउमा भेटिएको लाुसको प्रकृती र घटना स्थलको प्रकृती हेर्दा ह’त्या भएको प्रमाण हुदा हुदै ह’त्यारालाई उम्काउने प्रयास भएको बताउनुभयो ।

पक्राउ परेका ब्यक्तिहरु छोडिनु,घटना भएको चालीसदिन पुगिसक्दा पनि प्रहरीले अनुसन्धामा चासो नदिएको भन्दै स्थानीय बासिन्दा आ’क्रोसित बनेकाछन् । लकडाउनको प्रवाह नगरी दैनिक मसुरिया बजारमा आफन्त तथा स्थानीयबासीले पूर्वपश्चिम राजमार्ग अवरु’द्ध पारेर नाराबाजी र प्रदर्शन गर्दै आएकाछन् । स्थानीय बासिन्दा र भुसालका आफन्तले ह’त्या भएको भन्दै दोषी पहिचान गरी कार्वाही गर्न दबाव दिएपछि प्रदेश सभा सदस्य दिर्घ सोडारी लगायतले सदनमै सरकारसंग घटनाको निश्पक्ष छानबिन गरी दोषीलाई कार्वाहीको माग गरेकाछन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम सम्शेर जबराले मृ’तक भुसालको अनुसन्धान जारीरहेको बताउदै किटानी जाहेरीमा परेका पाँचजनाको अनुसन्धानका क्रममा प्रमाण नभेटिएकाले तारिकमा छोडिएको बताउनुभयो । पोष्टमार्टम रिर्पोटमा टाउकोमा ईन्टरनल बि’लिडिङ् भएर निधन भएको देखिएको बताउदै घटनाको थप अनुसन्धानका लागि सिआईबीको टोलीसमेत खटिने प्रमुख प्रहरी उपरिक्षक जबराले जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close