News

अब यस्तो हुनेछ लकडाउन, नयाँ मोडालिटी तयार भयो !

काठमाडौँ, २० जेठ । सर्वसाधारण लामो लकडाउनका कारण आजित भएपछि सरकार अब मोडालिटी परिवर्तन गर्ने मनस्थितिमा पुगेको छ । कोरोनाको जोखिम भएको स्थान बाहेक अन्य ठाउँमा लकडाउन खुकुलो बनाएर लैजाने रणनीति अनुसार अब सरकारले नयाँ कदम चाल्ने भएको छ ।

त्यसका लागि तयार पारिएको रणनीतिका बारेमा अहिले छलफल जारी छ । सीसीएमसी सचिवालय र मूख्यसचिव नेतृत्वको एक्सन टिमबाट तयार पारिएको रणनीति मन्त्रीपरिषदमा छलफल गरिने छ । सो समितिले सरकारलाई मोडालिटि बनाएर सिफारिस गर्ने छ । समितिमा जोखिम नभएका स्थानमा लकडाउन खुकुलो बनाउने रणनीति सहितको कार्ययोजना तयार पारेको छ ।

यो खाकाबारे छलफल गर्न अहिले कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ । यो वैठकवाट रणनीति सहितको कार्ययोजना पास भएपछि मन्त्रीपरिषदमा पेस गरिने छ ।

समितिका सदस्यहरु अर्थमन्त्री युवराज खतिवडा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्ट लकडाउन खुकुलो बनाउनु पर्ने पक्षमा छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली भने यो विषयमा अनुदार देखिएका छन् । उनले जनताको जिवनसंग कुनै पनि कुराको सम्झौता गर्न नहुने बताउँदै आएका छन् । प्रधानमन्त्रीकै जोडका कारण जेठ २० मा सकिने लकडाउनलाई जेठ ३२ सम्म लम्ब्याएको हो ।

‘कम जोखिम भएका जिल्ला तथा क्षेत्रमा सञ्चालित उद्योगरकलकारखाना तथा जीवीकोपार्जनसँग जोडिएका क्षेत्र स्वास्थ्य सावधानी अपनाएर सुचारु गर्ने गरी लकडाउनको नयाँ मोडालिटी तयार पारिएको बताइएको छ ।

वैशाख १६ गतेको मन्त्रिपरिषद बैठकले ४४ वटा क्षेत्रसँग सम्बन्धित उद्योगरकलकारखाना तथा ढुवानीलाई सुचारु अनुमति दिए पनि बजार कलकारखाना सञ्चालन नहुँदा ती उद्योग पनि आंशिक मात्रै सञ्चालनमा छन् ।

दुई महिना लामो सकडाउन अवधि पुरा भइसकेपछि नेपालमा कोरोना संक्रमितको संख्या थपिदै गएको छ । अहिले झण्डै २ सयको हाराहारीमा दिनहुँ संक्रमित थपिदै गएका छन् । संक्रमितको संख्या २ हजार नजिक पुग्न लागेको छ । दैनिक ज्याला गरेर खाने मजदुरहरुको वेहाल भएको छ । उद्योग कलकारखाना खुल्न नसक्दा आर्थिक पक्षमा नराम्रो असर परेको छ ।

Related Articles

Back to top button
Close