News

बाँके दु’र्घटनामा परि एक परिवारको वंश नै ना’शियो, गाउँ नै शो’कमा डु’ब्यो !

काठमाडौँ । सोमबार बाँकेको अगैया नजिकै भएको सवारी दु’र्घटनामा दाङका एकै घरका तीन जनाको मृ’त्यु भएको छ । शान्तिनगर गाउँपालिका–३ पातेटाकुरा निवासी ३२ वर्षीय पूर्णबहादुर पुन, उनकी २७ वर्षीया पत्नी सीता पुन र उनीहरुका १० वर्षका एक्ला छोरा हिमान्सु पुनको मृ’त्यु भएको हो । शान्तिनगर–३ का वडाध्यक्ष बुद्धिराम तिवारीले पुनको वंश नै ना’श हुने गरी भएको दुःखद घ’टनाले गाउँ नै शो’कमा डु’बेको बताए ।

रोजगारीको खोजीको लागि डेढ वर्षअघि उनीहरु स–परिवार चन्दिगढ गएका थिए । विश्वव्यापी रुपमा म’हामारीको रुपमा फैलिएको को’रोना भा’इरसको त्रा’सदीका कारण उनीहरु आइतबार राति नेपालगञ्ज हुँदै दाङस्थित घर फर्किन लागेका थिए । तर, उनीहरु फर्किरहेको गाडी पूर्वपश्चिम राजमार्ग अन्तरगत राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा रोकिराखेको ट्रकसँग ठो’क्किन पुग्यो ।

ना५ख ५९९५ नम्बरको फोर्स गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा ठो’क्किँदा चालक सहचालकसहित १२ जनाको मृ’त्यु भएको थियो । दु’र्घटनामा २० जना घा’इते भएका छन् ।घा’इतेमध्ये पाँच जनाको अवस्था ग’म्भीर रहेको प्रहरीले बताएको छ । छिमेकी देश भारतबाट आएकाहरुलाई नेपालगञ्जको सीमा नाका जमुनाहबाट ल्याएर उक्त फोर्स गाडी बाँकेबाट दाङतर्फ आउँदै गर्दा दु’र्घटनामा परेको थियो ।

Related Articles

Back to top button
Close