News

क्वारेन्टाइनमा बसेकालाई दैनिक २०० रुपैयाँ भत्ता

अमरगढी । डडेल्धुराको अमरगढी नगरपालिकाले क्वारेन्टाइन बसेकालाई खाना र खाजाबापत दैनिक २०० रुपैयाँ भत्ता दिँदै आएको छ । यही जेठ १४ गतेको निर्णयानुसार नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका प्रत्येक व्यक्तिलाई खाना र खाजाबापत दैनिक दुई सय रुपैयाँ भत्ता दिँदै आएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीराज उपाध्यले बताउनुभयो ।

डडेल्धुरा बहुमुखी क्याम्पस, महेन्द्र माविलगायत क्याम्पसमा बनाइएका क्वारेन्टिनमा सबै नअटाउने र सबैलाई खाना र खाजा नगरपालिकाले खुवाउन नसक्ने भएकाले स्थानीयस्तरमै वडामा बनाइएका क्वारेन्टिनमा बस्न लगाउने र त्यहाँ बसेका व्यक्तिले आआफ्नो घरबाट खानाको व्यवस्था गरे दैनिक दुई सय रुपैयाँ का दरले भत्ता दिने गरिएको उहाँले बताउनुभयो ।अमरगढी नगरपालिकाका ११ वटा वडामा निर्माण भएका १७ क्वारेन्टाइन भित्र ६ सय २८ जना रहेको नगरपालिकाका सूचना अधिकारी लालबहादुर साउदले जानकारी दिनुभयो । –रासस

Related Articles

Back to top button
Close