Friday, May 20

२ लाख ८५ हजारमै सुपर शोको इलेक्ट्रीक मोटरसाइकल, सबै मोडलको मूल्यसहित

April 1, 2022 396

काठमाडौं । इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटर उत्पदाक कम्पनी सुपर शोकोले नेपाली बजारमा इलेक्ट्रीक मोटरसाइकल विक्री गर्दै आएको छ । नेपालमा झण्डै दुई दर्जन इलेक्ट्रीक दूई पाग्रे इलेक्ट्रीक ब्राण्ड भएतापनि मोटरसाइकल विक्री गर्ने भने नगन्य मात्रामा छन् ।

यस्तोमा सुपर शोकोको मोटरसाइकलमा आकर्षण बढ्दै गएको छ । कम्पनीले नेपाली बजारमा मात्रै रहेको छ ।

कम्पनीले हाल नेपाली बजारमा दुई मोडलका ५ भेरियन्टमा मोटरसाइकल र ४ मोडलका ५ भेरियन्टमा स्कुटर विक्री गर्दै आएको छ ।

डिलाइफ स्टाइल आधिकारीक विक्रेता रहेको सुपर शोको टीएसएक्स सिंगल व्याट्री र डबल व्याट्री अप्सनमा उपलब्ध रहेको छ भने, टीसी मोडल पनि सिंगल र डबल व्याट्री अप्सनमा आफ्नो आवस्यकता अनुसार ग्राहकले छनोट गर्न सक्नेछन् ।

कम्पनीले यसका अलावा टीसी म्याक्स मोडल पनि नेपालमा विक्री गर्दै आएको छ । टीसी म्याक्स सबैभन्दा पावर फुल मोटर जडान भएको मोटरसाइकल हो । यसमा ३.९ किलोवाट क्षमताको मोटर प्रयोग भएको छ । कम्पनीले यसको मूल्य ४ लाख ९८ हजार ९०० रुपैयाँ तोकेको छ । यसको मूल्य लगभग यात्री ‘पी–१’को जस्तै रहेको छ । पी वानको मूल्य ४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले विक्री गर्ने सबैभन्दा सस्तो मोडलको मोटरसाइकल टीएसएक्स सिंगल व्याट्री हो । यसको मूल्य २ लाख ८५ हजार ९०० रुपैयाँ रहेको छ ।

डिलाइफ स्टाइलले विक्री गर्ने सबैभन्दा कम मूल्यको स्कुटर सियूएक्स हो । यसको मूल्य २ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ । यसमा २ किलोवाट क्षमताको मोटर प्रयोग भएको छ । साथै, कम्पनीले सीपीएक्स सिंगल व्याट्री, सीपीएक्स डबल व्याट्री, भिएस वान सिंगल व्याट्री, भिएसवान डबल व्याट्री र सीयू मिनी मोडलका स्कुटर विक्री गर्दै आएको छ ।

Comment