News

क्वारेन्टाइनमा बसेकी युवतीको मृत्यु

क्वारेन्टाइनमा बसेकी एक युवतीको मृ त्यु भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका ४ भटनास्थित मालिका माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेकी २२ वर्षीया युवतीको मृ’त्यु भएको हो।

मंगलबार मृ’त्यु भएकी युवती लामो समयदेखि मुटुको बिरामी रहेको नगरपालिकाकाे स्वास्थ्य शाखा प्रमुख बिनोद कुँवरले जानकारी दिए ।

कुँवरका अनुसार १८ गते क्वारेन्टाइनमा बस्न आएकी उनको मंगलबार राति करिब २ बजे अचानक मृ त्यु भएको हो । मृतक महिला, उनका श्रीमान, १८ वर्षीय छोरा र अर्का एक आफन्तको स्वाब संकलन भइरहेको छ ।

मृ त्यु भएकी युवती जेठ १६ गते गौरीफन्टा नाका हुँदै बैतडी पुगेकी थिइन् । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले युवती भारतको पञ्जाबबाट मुटु रोगको उपचार गराएर फर्किएको र आर्थिक समस्याका कारण विगत केही दिनदेखि उनले औषधि सेवन नगरेको पाइएको भट्टको भनाइ छ ।

– प्रतीकात्मक तस्बिर

Related Articles

Back to top button