News

रौतहटमा एकैदिन थपिए ७४ कोरोना संक्रमित !

रौतहट, २० जेठ । रौतहटमा एकैदिन ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या ३१० पुगेको छ । आज संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न सहरबाट भर्खरै रौतहट आएका नेपालीहरु रहेका छन् ।

संक्रमितमध्ये राजपुर नगरपालिकाका २१ जना, दुर्गा भगवती गाउँपाललिकाका १४ जना, राजदेवी नगपालिकाका १८, परोहा नगरपलिकाका ४ जना, गौर नगरपालिकाका १३ जना, गढीमाइ नगरपालिकाका १ जना तथा यमुनामाइ गाउँपालिकाका ३ जना रहेकाे जिल्ला जनस्वास्थ्य कार्यालय, राैतहटका प्रमुख महेश साहले जानकारी दिनुभयो । उहाँका अनुसार सबै स्थानिय पालिकाहरुका क्वारेन्टाइमा रहेका छन् ।

जिल्लामा आइसोलेसन वेडको अभाव हुँदा संक्रमितहरुलाई कहाँ राखेर उपचार गर्ने भन्नेबारे अन्यौल छाएको छ । उनीहरुलाई अर्को आइसोलेसन तयार नहुन्जेल उनीहरु बसिरहेको क्वारेन्टाइनमा नै आइसोलेट गरेर राख्ने तयारी गरिएको गौर अस्पतालका मेडिकल सुपरिटेन्डेन कृष्ण साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार धरहरीमा अवस्थित पोलिटेक्निकल इन्टिच्युट र गौरको गौरीशंकर क्याम्पसलाई आइसोलेसन बनाउने तयारी भइरहेको छ । जिल्लामा पर्याप्त आइसोलेसन नहुँदा अझै पनि यसअघि पुष्टि भएकाहरुमध्ये केहीलाई क्वारेन्टाइनमै राखिएको छ ।

संक्रमित पुष्टि भएका सबैको स्वास्थ्य स्थिति सामान्य रहेको तथा संक्रमितहरुलाई गरुडा नगरपालिका स्थित प्रहरी स्कुलमा निमार्णाधिन आइसोलेसनमा राख्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा सोमबार दिउँसोसम्म क्वारेन्टाइमा बस्नेको संख्या ८ हजार नाघेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सोमबार दिउँसोसम्म जिल्लाका विभिन्न स्थानिय तहमा रहेका क्वारेन्टाइनमा ८ हजार ३९ जना रहेका छन् । जसमध्ये ७ हजार ७ सय ३५ पुरुष र ३ सय २४ महिला रहेका छन् ।

भारतमा रहेका करिब १५ हजार बढी जिल्लावासी घर फर्कने स्थानीय प्रशासनको अनुमान रहेको छ । धेरैजनाको स्वाब परीक्षणको रिपाेर्ट आउने क्रम जारी रहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । जिल्लामा भिटिएम किटको अभावले गर्दा क्वारेन्टाइनमा बस्नेहरुको स्वाव संकलन तीब्र गतिले हुन सकेको पनि छैन् ।

Related Articles

Back to top button
Close