News

Breaking: आज पनि थपिए १७ जना कोरोना संक्रमित !

काठमाडौं, नेपालमा कोरोना संक्रमित हुनेको संख्या पुन थपिएको छ । आज कपिलवस्तुमा कोभिड १९ थप १७ जना पोजेटिभ पुष्टि भएको हो । जस अनुसार शिवराज नगरपालिका वाड न ३ बर्ष २०,२३,२४ का पुरुष ३ जना , वाड न ४ बर्ष १८,४२ का पुरुष २ जना,वाड न ५ बर्ष २४,२८ का महिला २ जना र बर्ष २१,३० पुरुष २ जना, वाड न ६ बर्ष १९ कि महिला १ जना, वाड न ८ बर्ष २८ को पुरुष १ जना, वाड न १० बर्ष १७ का पुरुष १ जना र वाड न ११ बर्ष १७,२३,२९ का पुरुष ३ जना (कुल १५ ) हुनुहुन्छ ।

वाडगगा नगरपालिकाका वाड न ४ बर्ष १६ का १ जना पुरुष हुनुहुन्छ ।महाराजगन्ज नगरपालिकाका वाड न १० का बर्ष २८ का पुरुष १ जना हुनुहुन्छ ।यस अघि हिजो दिउसो स्वास्थ्य मन्त्रालयको मिडिया ब्रिफिङ, साझ ६:१५ को स्वास्थ्य मन्त्रालयको अपडेट र साँझ सुर्खेतस्थित् प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका ३५ जना सहित एकैदिन ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हिजो साँझ थपिएका ३५ संक्रमित र आज कपिलबस्तुमा पुष्टि भएका थप १७ जनाको भने स्वास्थ्य मन्त्रालयले अपडेट गरिसकेको छैन ।

Related Articles

Back to top button
Close