Video

श्रीमानलाइ मा’रिदिए, १८ बर्षमै बि’धूवा, ८ महिने बा’च्चाले बाबा पनि भन्न पाएनन्, बने टुहुरो (भिडियो)

काठमाडौं । ८ महिनाको छोरा काखमा छ । कलिलो उमेर छ । १८ वर्षको कलिलो उमेरमा श्रीमानलाई उनकै साथीले ह त्या गरिदिए । उनको अगाडी आकास जस्तो जिवन बाँकी छ । यो सानो काखको छोराले बाबा भनेर बोलाउन पनि पाएन । १८ वर्ष उमेर टेकेकी यि युवतीको भविष्य अब के होला ?

घरमा केही साथी उनका श्रीमानलाई बोलाउन आए । राति उनी आएनन् । श्रीमती सु तेकै थिइन् । छिमेकीले ढोका ढकढकाउन आए । एक जना महिला उनलाई ढोकामा बोलाउन आएकी थिइन् । हतार गरेर उठीन् के भयो दिदी ? किन बोलाउनु भयो भनेर सोधिन् ।

जव उनको दिदीले आफ्ना श्रीमान यो धर्तीमा नभएको कुरा सुनाइन् उनले टेकेको जमिन भासियो । आँखा अगाडी अँध्यारो भयो । उनी दौडिएर खोला किनारमा पुगिन् । अवस्था हेर्न सकिने थिएन ।

उनले आफ्ना श्रीमानको अवस्था हेर्न सकिनन् । अहिले पनि त्यो दृष्य आँखा अगाडी घुम्छ । जुन दिन देखि मनदिपले छोडेर गए श्रीमती र उनको आमाको आँखा ओभाएको छैन । उनले राती १२ वजेसम्म श्रीमानलाई फोन गरेकी थिइन् ।

साँझ ७ वजे साथी घरभन्दा तल बोलाउन आएका थिए । श्रीमानले जाने बेलामा म आज साथीहरुको मै बस्छु भोली आउँछु भनेर गएका थिए । साँझ श्रीमानलाई बोलाउन आउँदा ७, ८ जना साथी थिए । एक जना घर नजिक आएर बोलाए उनलाई देँखे तर अरु अलि पर बसेका थिए ।

उनीहरुलाई भने आफुले नचिनेको बताइन् । श्रीमान साथीले बोलाएर गएपछि फर्केर आउँछन् की भनेर रातभरी ढोका पनि नलगाई कुरीन् । विहान पख निदाएकी थिइन् छिमकी दिदी आएर त्यस्तो खबर दिएको बताइन् ।

अकालमा ज्यान गुमाएका मनदिपको जिवन संधै दुखैदुखमा बित्यो । ११ वर्षको छोरालाई छोडेर पहिलो श्रीमतीले छोडेर गएपछि उनले अर्को विवाह गरे । वुवाले पनि केही वर्ष अघि नै छोडेर गए । बुवाको निधन भएपछि परिवारको सबै आर्थिक भार मनदिपकै काँधमा थियो ।

११ वर्षको छोरालाई छोडेर हिडेपछि उनले सहाराको लागि अर्को विवाह गरेका थिए । १६ वर्षको नाबालिक विवाह गरेका मनदिप विवाह भएको २ वर्षमै अस्ताए । १८ वर्षको उमेरमा विधवा बनाउने मनदिपका साथीलाई कडा कारवाहीको माग गरेकी छन् ।

Related Articles

Back to top button
Close