International

१०३ वर्षीया वृद्धाले कोरोनालाई जितेपछि खुशी हँदै पिइन् बियर

एजेन्सी – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस अहिले विश्वका २ सय बढी देशमा फैलिसकेको छ । कोरोनाकै कारण अहिले विश्वका विभिन्न देशमा मृत्यु र संक्रमित हुनेको संख्या बढ्दै गइरहेको छ । त्यस्तै विश्वमा कोरोना संक्रमितहरु निको भई घर पनि फर्केका छन् । त्यस्तै एक १०३ वर्षीया महिलाले पनि कोरोनाभाइरसलाई जित्न सफल भएकी छिन् ।

आश्चर्यको कुरा त ती महिलाले कोरोनाभाइरसलाई जितेपछि एक अनौठो कार्य गरेकी छिन् । उनले एक चिसो बियर पिएर कोरोनालाई जितेको खुशी मनाएकी छिन् । १०३ वर्षीया म्यासाचुसेट्स महिलाले उपहार स्वरुप उक्त बियर पिएकी हुन् । नर्सिङ्ग होमका कर्मचारीहरूले स्टेजनाको लगनशीलतालाई देखेर चिसो वियर दिएका हुन् ।

अप्रिलको अन्त्यमा १०३ वर्षीया जेनी स्टेजेनालाई कोरोना भाइरसको संक्रमण देखिएको थियो । नर्सिङ्ग होमले स्टेजेनाले खान र पिउन छोडिसकेकोले रातभर पनि बाँच्ने वा नबाँच्ने हुँदा परिवारलाई अन्तिम बिदाइको लागि बोलाइएको नातिनी शेली गनले सीएनएनलाई बताएकी छिन् । ८ मेका दिन उनको कोरोना परीक्षण गर्दा नेगेटिभ आएको परिवारले थाहा पाएका हुन् ।

Related Articles

Back to top button
Close