News

उपचारका क्रममा अनिता न्यौपानेको निधन

बिराटनगर । मोरङको सुन्दरहरैंचामा लकडाउन प्रभावितलाई राहत वितरणका लागि जाँने क्रममा दुर्घटनामा परेकी नेकपा सुन्दरहरैंचा नगर कमिटि सदस्य अनिता न्यौपाने (रञ्जु) को उपचारका क्रममानिधन भएको छ ।

दुर्घटनामा घाईते भएपछि बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत न्यौपानेको निधन भएको प्रहरीले जनाएको छ । नोबेल अस्पतालमा उपचारका क्रममा २३ दिनपछि उनको निधन भएको हो । सुन्दरहरैंचा–१० त्रिवेणी टोलकी ४० बर्षीया न्यौपाने राहत वितरणका लागि जाने क्रममा बैशाख २७ गते दुर्घटनामा परेकी थिईन् ।

न्यौपाने सवार को.३१ प.३११७ नम्बरको स्कुटरलाई बिराटचौकमा प्रदेश नं.१–०२–००२ ह.८५२३ नम्बरको सिटी सफारीले ठक्कर दिदा उनी गंभीर घा’ईते भएकी थिईन् । दु’र्घटना पश्चात सिटी सफारी र चालक बिराटचौकका ३२ बर्षीय खगेन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर ज’मानीमा छोडेको थियो । तर, घाईते न्यौपानेको निधन भएपछि पुनः चालक पौडेललाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी नायव निरीक्षक रमेश प्रधानले जानकारी दिए ।

Related Articles

Back to top button
Close