Video

नवराजकी प्रेमिका सुष्मा मल्लकी भाउजुले ९ दिन पछि खोलिन घटनाको वास्तविकता, नन्दको पेटमा बच्चा र नवराज नन्दलाइ बेह्त्न यहि घरमा आउने कुरा पनि खोलिन (भिडियो)

रुकुम । जाजरकोट रुकुमको घटनाले अहिले मुलुक तातेको छ । सडक देखि सदनसम्म अहिले सो विषय उठाइएको छ । जाजरकोटका नवराज विक रुकुम चौरजहारीकी युवतीलाई वेहुली वनाएर ल्याउन भन्दै जाँदा घटना भएको बताइएको छ । सो घटनामा ६ जनाको ज्यान गएको छ ।युवती चौरजहारी बस्ने गरेकी थिइन् । उनी पढाइएको सिलसिलामा घर बाहिर नै थिइन् । शुष्मा चौरजहारी बस्दा कहिले काँही मात्र घरमा आउँथिन् । शुष्मा लकडाउन पछि भने घरमा नै बसेकी थिइन् । दुइ महिना देखि घरमा आएर बस्दा उनी कतै गएको र कसैलाई भेटेको भाउजु सोनम मल्ललाई थाहा छैन । नन्दको त्यस्तो केही काम नगर्ने र कुराकानी पनि नहुने गरेको भाउजुले बताइन् । भाउजुले फोनमा त्यस्तो ब्यस्त भएको पनि आफुले नदेखेको बताइन् ।

घरमा हुँदा भाउजुले त्यस्तो कुनै कृयाकलाप नदेखेको पनि बताइन् । आफुहरुबीच त्यस्तो केही कुरा नहुने भएकाले नन्दसंग केही कुरा नभएको बताइन् । नन्दको प्रेम छ भनेको भने सुनेकी थिए । तर मैले सोध्ने कुरा पनि भएन । आमाबुवालाई थाहा थियो होला, तर तीन महिना अघि फेरी मैले लभ छुट्यो रे भन्ने पनि सुने , उनले भनिन् । नवराज कहिले काँही भने आफुहरुको घरमा आएर ढुँ’गा हान्ने गरेको पनि बताइन् ।एक पटक लकडाउनकै समयमा नवराज आएका थिए । त्यतीबेला आफ्नो ससुरालाई आ’क्रमण गर्न थालेपछि आफ्नो श्रीमानलाई बोलाएको बताइन् । छोरा आइज यहाँ मलाई हान्न लागे भनेर ससुराले बोलाउनु भयो । मेरो श्रीमान गएर छुटाएर आउनुभयो । बेलाबेलामा आइरन्थे । घटना भएको दिन भने आफु माइत गएका कारण के भएको थियो भन्ने थाहा नपाएको बताइन् । पहिले पनि ३ जना केटा आएको र नन्द सुतेको कोठामा राती ढुंगा हानेको बताइन् । त्यती बेला पनि वडाध्यक्षले देखेर तिमीहरु किन आएको हो ? भनेर सोधेपछि उनीहरु गएको बताइन् । फेरी अर्को केही पछि पनि उनीहरु आएर बाटोमा ससुरालाई भेटेर आ’क्रमण गर्न लागेको बताए । त्यतीबेला प्रहरी बोलाएर ३ जना युवाहरुलाई जिम्मा लगाइदिएको बताइन् ।

त्यसरी बारम्बार केटाहरु आएको थाहा पाएपछि आफुले नन्दसंग किन यसरी युवाहरु आइरहन्छन् भनेर सोध्दा नन्दले पहिला प्रेम रहेको तर अहिले भने सम्बन्ध छुटिसकेको भनेर आफुलाई बताएको जानकारी दिइन् । अहिले प्रहरीले पक्राउ गरेपछि आफ्नो नन्द महिनावारी भएको र मिडियामा आएको कुरा झुटो भएको बताएकी छन् । उनले हिरासतमा रहेकी उनकी नन्द अहिले महिनावारी भएर कपडा लिएर हिरासतमा गएको बताएकी छन् ।प्रहरी कार्यालयवाटै एक जना महिला प्रहरी कौशिलाले तिम्रो नन्द महिनावारी भएकी छन् कपडा लिएर आउ भनेर बोलाएपछि आफुले कपडा लिएर गएको बताएकी छन् । उनले आफुहरुले केही कुरा राख्दा सोही भिडियोको तल अनि नराम्रा शब्द प्रयोग गरेर गाली गर्ने गरेको बताइन् । त्यसरी अर्काको चरित्र ह त्या गरेर लेख्नेलाई पनि कारवाही गर्नुपर्ने बताइन् । उनले त्यस्तो लेख्ने मानिसलाई रुकुम आएर वास्तविकता बुझ्न आग्रह गरेकी छन् । भिडियोमा आएका कुराहरु हेरेर ाफुहरुका बारेमा नकारात्मक कुरा नलेख्न उनले चेतावनी दिएकी छन् ।

Related Articles

Back to top button
Close