News

कतारमा कसरी ह्वात्तै बढ्याे कोरोना भाइरसबाट निको हुनेको संख्या ?

केही दिन यतादेखी कतारमा कोरोनाभाइरसको बिरामीको संख्या ह्वात्तै उकालो लाग्दा धेरैमा शंका उब्जेको छ । अझ भनौं भाइरस पोजेटिभ देखिएपनी अस्पतालले बिरामीलाई लगालग १४ दिनपछि डिस्चार्ज दिईरहेको छ । कतारमा आज सम्म कोरोना भाइरस बाट कुल संक्रमितका आधा भन्दा बढी बिरामी निको भएर घर फर्कीसकेका छन् ।

अस्पतालले किन यसरी बिरामीलाई डिस्चार्ज गर्दैछ?

अस्पतालले बिरामीलाई डिस्चार्ज दिएपनी त्यसको कारण भने राम्रै रहेको छ । कतारले उपचारमा नयाँ विधि अपनाउदै बिरामीको नतिजा दुई हप्ता पछि पनि पोजेटिभ आए डिस्चार्ज दिन थालेको हो । भाइरस बारे पछिल्लो विश्व अध्ययन अनुसार नितिजा आएको १० दिनमा यो निकै कमजोर भएर जान्छ र त्यो अरुमा सर्ने सम्भावना पनि शुन्यमा झर्ने हमाद अस्पतालले बताएको छ ।

अस्पतालले अपनाएको नयाँ नीति पछिल्लो वैज्ञानिक अध्ययनको आधारमा अमेरिका तथा यूरोपियन रोग नियन्त्रण केन्द्र र विश्व स्वास्थ्य संगठनको मार्गदर्शन अनुसार रहेको हमाद अस्पतालले जानकारी दिएको छ ।

“एउटा स्वास्थ्य मानिसमा १० दिन भित्र भाइरस कमजोर भएर जान्छ र त्यो अरुमा सर्दैन”, हमाद अस्पतालको भाइरोलोजी विभागका प्रमुख डाक्टर पितर कोयलेले बताएका छन् । हामीले अझै यो मार्गदर्शनलाई बढाएर बिरामीलाई १४ दिनमा मात्र डिस्चार्ज दिने निर्णय गरेका छौं । १४ दिनपछि पनि नतिजा पोजेटिभ आउनु कमजोर भाइरस वा मरेको भाइरसको टुक्रा देखिनुको कारण रहेको उनले बताए ।

यद्यपि बिरामीलाई अझै १४ दिन सम्म घरमै क्वारेन्टाइनमा बस्न,डाक्टरले दिएको निर्देशन पालना गर्न,औषधी सेवन गर्न र एह्तेराज एप अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने सल्लाह अस्पतालले दिएको छ ।

१४ दिनमा डिस्चार्ज दिने नीति लक्षण नदेखिएको सामान्य बिरामीमा मात्र लागू हुने अस्पतालले भनेको छ । भाइरसको लक्षण अझै देखा परेका र रोगले च्यापेका बिरामीहरुलाई भने अस्पतालले डिस्चार्ज नगरी उपचार जारी राख्नेछ ।

यसअघि बिरामी अस्पताल वा आइसोलेसन केन्द्रबाट दुई वटा पीसिआर नतिजा आएपछि १४ दिन भन्दा बढीमा मात्र डिस्चार्ज हुने गर्दथे । अस्पतालको यो नयाँ नीति ले बिरामी घर फर्केर सामान्य जीवनमा चाडै फर्कन मद्दत पुग्ने अस्पतालले विश्वास गरेको छ । क्युएनखबर

Related Articles

Back to top button