News

कपिलवस्तुमा थप ४७ जनामा संक्रमणको पुष्टि, कपिलवस्तुमा संक्रमित ३ सय १७ पुगे

कपिलवस्तु, १९ जेठ । कोरोनाको कहरमा परेको कपिलवस्तुमा आज थप ४७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसंगै कपिलवस्तुमा संक्रमितको संख्या ३ सय १७ पुगेको छ ।जस अनुसार बुद्दभूमि नगरपालिका वडा नम्बर ८ का बर्ष १९, २०, २६, २७, २७, ३२, ३५, ३८ का पुरुष ८ जना र वडा नम्बर १० का बर्ष २७, ४६ का पुरुष २ जना गरी १० जनामा संक्रमणको पुष्टि भएको छ ।

यस्तै शिवराज नगरपालिकाका वडा नम्बर ३ का बर्ष १९, २०, २५, ३० का ४ पुरुष, वडा नम्बर ४ का बर्ष ५८, १७, १८, ४२, ४२, ३०, ५५, २०, ४५, ३०, २८ का ११ पुरुष, वडा नम्बर ६ का २८ का १ पुरुष, वडा नम्बर १० का १७ बर्षका १ पुरुष र वाड न ११ का बर्ष १८, २७, ४७, ३४, २६, २३, ३५, २७, ५८ का पुरुष ९ जना रगरी २६ जनामा संक्रमण देखिएको छ ।

यसैगरी महाराजगञ्ज नगरपालिकाका वडा नम्बर १ को बर्ष १९ का पुरुष १ जना र वडा नम्बर २ का बर्ष २६ का १ पुरुष गरी २ जनामा संक्रमण देखिएको छ ।
वाडगंगा नगरपालिका वाड न ११ बर्ष ३८ र ३१ बर्षीया २ महिलामा पनि संक्रमणको पुष्टि भएको छ ।

यसैगरी मायादेवी गाउँपालिका वडा नम्बर १ को बर्ष २६ का पुरुष १, वडा नम्बर २ बर्ष २७ ३५,४० का ३ पुरुष र वडा नम्बर ८ का बर्ष १९,२६ का २ पुरुषमा संक्रमण पाइएको छ।यस्तै कपिलवस्तु नगरपालिकाका वडा नम्बर ४ का बर्ष २१ का पुरुष पनि संक्रमणको पुष्टि भएको छ ।

Related Articles

Back to top button