Video

जवान छोराको ह’त्या पछि किरिया बसेकी आमाको बिलौना, त्यो कलिलो बुहारी र ८ महिने नातीको अनुहार मैले कसरी हेरुँ

काठमाडौं । छोरा भर्खर ८ महिनाका मात्र छन् । त्यो छोराले भनेको बाबा शब्द पनि सुन्न नपाई एक युवकको ज्यान गयो । साथीले नै बोलाएर ह त्या गरे । यो दागंको घटना हो । केही दिन यता रुकुमको घटनाले मुलक तातीरहेको छ । यो समयमा मुलुकका अन्य स्थानमा यस्तो घटना भइरहेका छन् । मजदिप भोजलाई साथीहरुले ढुंगाले हा नेर ज्यान लिए । उनी मृत अवस्थामा खोलाको किनारमा फेला परेको थियो । जोसंग संगत गर्थे उनीहरुले नै मनदिपको ज्यान लिए । ८ महिनाको छोराको तोते बोली पनि सुरु भएको थिएन । अर्का एक छोरा ८ वर्षका छन् । घरमा श्रीमती, आमा र एक दाजु छन् ।

आमा बेलुवा बस्छिन्, त्यो भन्दा अलिकती टाढा छोराहरु बस्छन् । आमालाई विहानै शनिवार फोन आयो, तपाई छिटो आउनु भनेर बोलाए । सानो छोरा लिएर घटनास्थल गएकी आमाले त्यो छोराको अनुहार हेर्नै सकिनन् । मेरो छोरा एक दिन अगाडी ममी भन्दै घरमा पसेको थियो, भोली पल्टै यस्तो अवस्था देखेपछि छोराको अनुहार नै हेर्न सकिन् । अकस्मान भएको त्यस्तो घटनाले आमा विछिप्त छन् । केही वर्ष अघि श्रीमान गुमाएकी आमाले जेठो छोरालाई यसरी गुमाउनुपर्दा आफ्नो मन भुलाउने बाटो पनि छैन । निकै सज्जन छोराको कोही सत्रु पनि छन् जस्तो लाग्थेन । तर कसले यस्तो किन गरेको हो बुझ्न नसकेको आमाको भनाइृ छ ।

जुन छोराले आफ्नो किरिया गर्ला भन्ने थियो, उनै जवान छोराको किरिया गर्नुपर्दा आमाको अवस्था निकै नाजकु छ । किरिया बसेकी आमा भन्छिन्, केही दोश मेरो छोराको थियो भने बरु कानुन, प्रशासन थियो त्यसको जिम्मा लगाइदिएको भए हुन्थ्यो । अर्काको घरमा बस्छु त्यही छोराको सहारा थियो, अहिले त्यही छोरा चुडेर लैदियो, म कसको मुख हेरेर बसुँ । त्यो कलिलो उमेरको बुहारीको अनुहार मैले कसरी हेर्नु, ८ महिनाको तोते बोली पनि नआएको नातीको अनुहार कसरी हेर्नु ?

उनले छोराले गल्ती गरेको भए आफुलाई भनेको भएपनि सजाय आफै दिन्थे उनले बिलौना गर्दै भनिन् । छोरालाई घरमा आएर बोलाएर र क्सि खुवाएर ह त्या गरेको आमाको भनाई छ । त्यस्तो रिसीइबि लिनुभन्दा आफुलाई भनेको भए हुने, प्रशासनको जिम्मा लगाइदिएको भए हुन्थ्यो । त्यसरी ह त्या गर्नेलाई प्रश्न गर्न मन लागेको पनि उनले बताएकी छन् । त्यस्तो के गल्ती र रिसिइवी थियो किन त्यसरी तड् पा एर मा र्यौ भनेर प्रश्न गर्न मन छ ।

Related Articles

Back to top button
Close