News

आइसोलेसनमा उपचाररत युवकले १० दिनमै जिते कोरोना, आज घर फर्कदै

डडेल्धुरा -डडेल्धुराका पहिलो कोरोना संक्रमितले कोरोना लाइ जित्न सफल भएका हुन् ।उनको स्वाबको नमुना दोस्रो पटक परीक्षण गर्दा नेगेरिभ आएपछि उनलाई आजै डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।

करिब १० दिनको अस्पतालको बसाइ पछि उनी डिस्चार्ज हुँदैछन्। सुरूदेखि नै समान्य अवस्थामा रहेका उनी जेठ ६ गते स्कृवटाइफसको उपचार गरेर अस्पतालबाट आएका थिए। त्यसैदिन कोरोना जाँचका लागि उनको स्वाब लिइएको थियो।अहिले डडेल्धुरा अस्पतालको आइसोलेसनमा एक महिला र १ पुरुष रहेका छन्।

२ जनामध्ये १ जनाको रिपोर्ट नेगेटिभ आएको र अर्का बाँकी १ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ। त्यस्तै डडेल्धुरामा क्‍वारेन्टाइनमा मृत्यु भएका साढे ६ वर्षीय बालकको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ ।उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

Related Articles

Back to top button
Close