News

हामी सांसदहरुको तलब काटेर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब भत्ता बढाऊ

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सांसदहरुको तलब काटेर स्वास्थ्यमर्की, सुरक्षाकर्मीलगायत उच्च जोखिममा काम गरिरहेकाहरुको तलब भत्ता र सुविधा बढाउन सरकारसँग आग्रह गरेका छन् ।प्रहरी प्रधान कार्यालयले प्रहरीको तहअनुसारको तलब काट्ने निर्णयको चौतर्फी विरोध भइरहेका बेला नेता थापाले स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको मनोबल बढाउनु पर्ने भन्दै उनीहरुको सुविधा बढाउन सांसदको तलब काट्न सुझाव दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा नेता थापाले लेखेका छन्, ‘महासंकटको यो घडीमा,हामी सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौती गरेर आफ्नो जीवनको पर्वाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी लगायतको तलबभत्ता,सुविधा र सुरक्षामा बढोत्तरी गरी मनोबल बढाउने प्रयास गरौं।

महासंकटकाे यो घडीमा,हामी सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौती गरेर आफ्नो जीवनको पर्वाह नगरी…

Gepostet von Gagan Thapa am Donnerstag, 9. April 2020

 

Related Articles

Back to top button
Close