News

उद्दारको प्रतीक्षामा रहेका नेपालीहरु खर्च आफैंले व्यहोर्नु पर्ने भनेपछि असन्तुष्ट

काठमाडौं,१८ जेठ। सरकारले अर्को सातादेखि कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नागरिक फर्काउन थाल्ने छ। तत्काल ल्याउनु पर्नेको सूची करिब २५ हजार छ। स्वदेश फर्किने अधिकांशले हवाई भाडा र यहाँ ‘क्वारेन्टाइन’ मा बस्दा लाग्ने खर्च आफैं व्यहोर्नु पर्ने छ । उद्दारको निर्णय सकारात्मक भएपनि खर्चमा भने सरकार कठोर भनेको टिप्पणी भइरहेको छ ।

ढिलै भएपनि सरकारले विदेशमा रहेका यिनीहरुको माग सम्बोधन त गरेको छ । तर, इच्छा हुने सबै स्वदेश फर्किन पाउने छैनन् । किनकी सरकारले तत्काल उद्दार गर्नुपर्नेको प्राथमिकता निर्धारण गरेको छ । उद्दारको प्राथमिकतामा भने रोजगारी गुमाएका, करार अवधि सकिएका, आममाफी पाएका, ‘डिटेन्सन’ सेन्टरमा रहेका नेपालीहरु छन् ।

तर,नेपाल फर्किन अनुमति भएका–आफन्तको मृत्यु भएर काजकिरियाका लागि आउनुपर्ने, कोरोनाबाहेक गम्भीर स्वास्थ्य समस्या भएका–सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक–अध्ययन तथा तालिममा गएर अड्किएका सरकारी कर्मचारी, अध्ययन सकिएका तथा कलेज बन्द भएर वा संक्रमणका कारण फर्किनुपर्ने अवस्थामा पुगेका विद्यार्थी–पारिवारिक पुनर्मिलनका लागि गएका, पर्यटक तथा व्यापारिक भिसामा गएर अड्किएका प्राथमिकता सूची अनुसार तत्काल उद्दार गर्नुपर्ने करिब २५ हजारलाई नेपाल सहित निजी एयरलाइन्सका विमान ‘चार्टर्ड’ गरेर दैनिक तीन हजार हाराहारीलाई काठमाडौं ल्याइनेछ ।

कतिपय मुलुकले आफ्नै खर्चमा पठाइदिने भनेकाले पनि सरकारले उद्दारको निर्णय गरेको हो । सरकारले स्वीकृत गरेको कार्ययोजना अनुसार उद्दार गरिनेको विमान चड्नुअघि आरडीटी विधिबाट को’रोना परीक्षण गरिनेछ ।र, नेपाल आएपछि १४ दिन क्वारेन्टाइनमा बस्नै पर्नेछ । सम्बन्धित व्यक्तिले होटल क्वारेन्टाइनमा बस्ने वा आफ्नै स्थानीय तहको क्वारेन्टाइनमा जाने विकल्प छान्न पाउने छन् । सक्नेले हवाई भाडा र क्वारेन्टाइन खर्च आफैं व्यहोर्नु पर्ने छ ।

नसक्नेको हकमा वैदेशिक रोजगारसम्बधी कोषमा रहेको रकम प्रयोग गर्ने सरकारको योजना छ । सम्बन्धित देशको दूताबासको ‘रिपोर्टिङ’अनुसार खर्च सामथ्र्यको भेद छुट्याउ कठिन हुनेछ। उद्दारको खबरले उत्साहित बनेका विदेशमा रहेका नेपालीले खर्च आफैंले गर्नुपर्ने भएपछि सरकारको आलोचना गर्न थालेका छन् । सरकारको निर्णयपछि विदेशबाट आएको वा लाइभमा जोडिएको भए स्थानीय तहको क्वारेन्टाइनमा जानेलाई प्रदेशअनुसार तोकिएको ‘होल्डिङ प्वाइन्ट’मा राखिनेछ ।

र, सातै प्रदेशका लागि ‘फोकल पर्सन’ तोकिएका मन्त्रीले सम्बन्धित जिल्ला प्रशासन र स्थानीय तहसँग समन्वय गरेर उनीहरुलाई पठाइने छन् । १४ दिन क्वारेन्टाइनमा बसेपछि कोरोना परीक्षण गरेर घर जान दिइनेछ । परीक्षणको नतिजा नआउन्जेल यसरी फर्किने हरु थप ७ दिन होम क्वारेन्टाइनमा बस्नुपर्नेछ

Related Articles

Back to top button
Close