नेपालमा संविधान संशोधन विधेयक पेस भएपछि भारतमा रुवाबासी
![]() |
---|
|
![]() |
काठमाडौं । सरकारले प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेस गरेलगत्तै भारतीय मिडियामा हल्लीखल्ली भएको छ । कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभागलाई समेटेर हालै जारी भएको नेपालको संशोधित नक्सालाई संविधानमा समेट्नका लागि सरकारले संविधान संशोधन विधेयक आइतबार प्रतिनिधिसभामा पेस गरेको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिममाया तुम्बाहाङ्फेले प्रतिनिधिसभा बैठकमा संविधान संशोधन विधेयक पेश गरेकी हुन् । नेपालको अद्यावधिक नक्सालाई संविधानको अनुसूचीमा समेट्नका लागि संशोधन प्रस्ताव ल्याइएको उनले बताइन् ।
जेठ १४ गते प्रतिनिधिसभा बैठकमा संशोधन प्रस्ताव पेस गर्ने तयारी भए पनि सरकारले सबै दलको सहमतिमा पेश गर्ने भन्दै उक्त दिन संशोधन प्रस्ताव पेश गरेन । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाट नै संविधान संशोधन प्रस्तावबारे औपचारिक निर्णय गर्ने जनाएपछि सरकारले कांग्रेसको औपचारिक निर्णयको प्रतीक्षा गर्दै जेठ १४ गते संविधान संशोधन प्रस्ताव पेश गर्ने कार्यसूची हटाइएको थियो ।
संविधान संशोधन प्रस्ताव पेस गर्ने कार्यसूची हटाएलगत्तै भारतीय मिडियामा ‘भारतका सामु नेपाल झुक्यो’ भन्ने आशयले आत्मरतिपूर्ण समाचार विवरण प्रकाशन तथा प्रसारण भएको थियो । केही भारतीय मिडियाले त नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारलाई नयाँ नक्साबारे साथ दिन अस्वीकार गरेका कारण सरकारले संशोधन प्रस्ताव दर्ता गर्न नसकेको समेत जनाएका थिए । आइतबार संसदमा संविधान संशोधन विधेयक पेश भएपछि भने भारतीय मिडियामा अचानक हल्लीखल्ली मच्चिएको छ ।
![]() |
---|
|
![]() |