News

सुन मूल्य प्रतितोलामा ८९ हजार ६ सय

काठमाडौँ, १८ जेठ । आज सुन मूल्य प्रतितोलामा ८९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै चाँदी भने आज प्रतितोलामा ९ सय ५० रुपैयाँमामा कारोबार भईरहेको छ ।

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा रहेको कथित जातीय छुवाछुतको अन्त्य गर्न सबैजनाले एकै थर लेख्‍नुपर्ने प्रस्ताव गरेका छन्।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि आइतवार प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। श्रमिक र सिल्पी दलित समुदायलाई हेपेर, अपमानित गरेर देश अघि नबढ्ने उनले बताए।

‘श्रम गर्नेलाई हेपेर दलित भनेर हुन्छ। अहिले पनि जातीय छुवाछुतका आधारमा यसरी प्रता डित गर्न पाइन्छ?’, उनले सोधे, ‘बरु यो छुवा छुत प्रथा हटाउन सबैले एकै थर लेखौं। म पनि बरु बाबुराम भट्टराई ‘कामी’ भनेर लेख्‍न तयार छु। सबैले थर एकै लेखौं।’

उनले रुकुममा जातीय विभे दका नाममा गरिएको पाँच युवकको ह त्या लाई प्रति क्रा न्तिको संज्ञा दिए। ‘क्रा न्तिको आधार इलाका रुकुममा त्यत्रो प्रति क्रा न्ति हुन्छ भने देश कहाँ जाँदैछ?’, उनले सोधे, ‘हामीले यी बेथितिलाई हटाउनैपर्छ। एउटै झट्कामा किन भत्काउन सक्दैनौं तर सबैले साझा प्रयास गरौं।’

Related Articles

Back to top button
Close