![]() |
---|
|
![]() |
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनामा परी निधन भएका ५ जना युवाको शव फेला परेको छ । एक जना अझै बे’पत्ता छन् । प्रहरीका अनुसार जाजरकोटबाट गएका १९ जनामध्ये बाँकी १२ जना घटनामा परी घाइते भएका छन् ।
मृतकहरूको श’व दाहसंस्कार भैसकेको छ भने ग’म्भीर घाइतेको उपचार भइरहेको छ । प्रहरीले युवती, युवतीका बुवा र आमाका साथै आफन्त डम्बरबहादुर मल्लसहित २ देखि ३ दर्जन पक्राउ गरेको छ ।
रुकुम पश्चिमको चौरजहारीकी १७ वर्षीया मल्ल थरकी युवती र जाजरकोटको भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज गएको तीन वर्षदेखि प्रेममा थिए । स्थानीयका अनुसार नवराज र युवती लामो समयदेखि एकअर्काको घरमा आवतजावत गरिरहन्थे ।
गएको चैतमा पनि नवराज र युवतीले विवाहको प्रयास गरेका थिए । त्यतिवेला विवाहका लागि चौरजहारी पुगेका नवराजलाई वडा अध्यक्षसमेत रहेका युवतीका आफन्त डम्बरबहादुर मल्लले प्रहरी लगाएर प’क्राउ गराए । तर, एक रात हिरासतमा राखेपछि प्रहरीले वडा अध्यक्ष मल्ललाई ‘के गर्ने’ भनेर सोधे । उनले यत्तिकै छोडिदिन भनेपछि नवराज फर्किएर आफ्नो घर गएको इलाका प्रहरी कार्यालय चौरजहारीका इन्चार्ज प्रहरी निरीक्षक धर्मसिंह श्रेष्ठले जानकारी दिए ।
स्थानीयका अनुसार युवतीलाई परिवारबाट विवाहको लागि कुरा चलेपछि र उनले नवराजसँग मिलेर विवाहको योजना बनाएकी थिइन् । त्यसपछि दुवैले १० जेठमा केटा पक्ष लिन चौरजहारी जाने र युवती भा’गेर केटाको घर फर्किने सल्लाह गरेका थिए । सोही सल्लाह अनुरुप नवराजले आफ्नो गाउँका १९ जनालाई साथमा लिएर रुकुम हान्निएका थिए । तर, रुकुम पुग्नु पहिले नै बीच बाटोमा उनीहरूमाथि यो घटना भयो ।
पीडित पक्षले युवतीको परिवारलाई कसैले खबर पुर्याएको हुनसक्ने अनुमान गरेका छन् । घाइते आशीष विकले आफूमाथि पुग्ने बित्तिकै यो घटना भएको हुनाले उनीहरूले पहिल्यैदेखि बाटो ढु’केर बसेको हुनसक्ने बताए ।
केटा पक्षको समूह चौरजहारी पुग्नेबित्तिकै उनीहरू ल’खेटा’इमा परेका थिए । प्रत्यक्षदर्शीका अनुसार करीब डेढ सयदेखि दुई सयसम्म गाउँलेहरूले पछि १९ जनाको समूहसँग भा’गेर ज्यान बचाउनुको विकल्प थिएन । तर, उनीहरूको कोसिस सफल हुन सकेन ।
जसै उनीहरू चौरजहारीबाट जाजरकोट र रुकुमको बीचमा पर्ने भेरी नदी पार गर्ने प्रयास गरे । गाउँलेले पहिल्यै घेरा हालिसकेको भेरीको पुल तर्न सबैका लागि एकैपटक सम्भव नभएपछि केहीलाई नदीमा हा’म फा’ल्नुको विकल्प रहेन । नदीमा हे’ल्लिएका मध्ये केहीले पार गरे भने केहीले जीवन नै गुमाए, केही अझै बे’पत्ता नै छन् ।
ठूलो संख्यामा रहेका गाउँलेले जाजरकोटबाट गएका युवाहरूको समूहलाई भेरी पार गरेपछि पनि छोडेन । प्रत्यक्षदर्शीका अनुसार पुल घेरेर बसेका गाउँलेले नदी तरेकालाई समेत आ’क्र’मण गरे । प्रहरी नजिकै रहेपनि उनीहरुलाई केही नगरी उल्टै पीडित पक्षलाई नियन्त्रणमा लिएको पी’डित पक्षको गुनासो छ ।
![]() |
---|
|
![]() |
यसै क्रममा वडाध्यक्षकि श्रीमतीले यस घटनाको बारेमा केहि फरक मत राखेकी छन् उनले घटनाको बारेमा सुरु देखि अन्तिम सम्मको घटनाको बिवरण यसरि सुनाएकी छन् जुन तलको भिडियोमा हेर्नुहोला