March 31, 2022 657
काठमाडौं-
चलचित्र ‘ए मेरो हजुर ४’को ट्रेलर र गीत युट्युबबाट उडेको छ । च्यानल ह्याक भएका कारण भिडियो युट्युब बाट उडेको बताइएको छ ।
बुढासुब्बा डिजिटलको च्यानलबाट सार्वजनिक गरिएको फिल्मको सम्पूर्ण गीत देखी अन्य फिल्मका भिडियो समेत युट्युब बाट उडेको हो भिडियो युट्युब बाट उडेपेछी निर्माण टिम र बुढा सुब्बा सञ्चालकहरू तनावमा छन् ।
सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा सुनिल कुमार थापाले निर्माण गरेको फिल्मलाई नायिका झरना थापाले निर्देशन गरेकी छिन् ।
पटकथा र संबाद भने स्व निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतीक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माको रहेको छ । फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतको मुख्य भूमिका रहेको छ ।
फिल्मको ट्रेलर उडेसँगै मुख्य कलाकार अनमोलसहित निर्माण यूनिट नै यतिबेला तनावमा देखिएका छन् ।
Comment