Saturday, May 21

फक्रिदै गरेका दुई कोपिलाको दुखद अन्त्य, बैकुण्ठ बास होस् सृष्टि र श्रेया

March 31, 2022 333

काठमाडौं- भर्खरै फक्रिदै गरेका दुई कोपिलाको दुखद अन्त्य भएको छ । बुधबार बिहान गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा टिपरको ठ’क्करबाट २ बालिका दिदी बहिनीको ज्यान गएको थियो ।

मेलम्ची चोक नजिकै ब्याक गर्दै गरेको बा४ख ६९६५ नम्बरको टिपरले उनीहरूलाई कि’चेको थियो। स्थानीय वर्ल्ड यूथ इन्टरनेसनल स्कुलमा सृष्टि २ मा र श्रेया नर्सरीमा पढ्ने दुवै जनाको घ’टनास्थलमै ज्यान गएको थियो ।बिहान ८ बजेतिर बुबा रोहन तामाङसँग मोटरसाइकलमा जाँदै गरेका ८ वर्षीया सृष्टि र ४ वर्षीया श्रेयाको टिपरको ठ’क्करबाट ज्यान गएको थियो ।

टिपरको ठ’क्करबाट ज्यान गुमाएका दुई बालिकाको श’व १० घण्टापछि उठाइएको छ । दिउँसो स्थानीय प्रशासनको रोहवरमा आफन्त र टिपर कम्पनीसँगको छलफलपछि श’व उठाइएको हो । टिपर कम्पनीले मृ’तकका परिवारलाई ४५ लाख रुपैयाँ दिने सहमति भएको छ । त्यस्तै घा’इतेको उपचार पनि टिपर कम्पनीले नै गर्ने सहमति भएको हो ।

सहमतिपछि दुवै बालिका दिदीबहिनीको श’व आफन्तले बुझेर लगेको गोकर्णेश्वर नगरपालिका १ का वडाध्यक्ष राम मानन्धरले जानकारी दिए । ठ’क्कर दिने टिपर कम्पनी सुन्दरी माई वासिङले ४५ लाख रुपैयाँ क्षतिपूर्ति र घा’इते रोहन तामाङको उपचार गर्ने सहमति गरेका हुन् ।

त्यस्तै, गोकर्णेश्वर नगरपालिकाले पीडित परिवारका एक जनालाई नगरपालिकामा रोजगारी दिने र नगरपालिकाबाट समेत केही रकम उपलब्ध गराउने सहमति भएको छ । सहमतिपछि पी’डित परिवारले दुवै जनाको श’व बुझेर लगेका हुन् । ग’म्भीर घा’इते रोहनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ।

घटनापछि आ’क्रोशित स्थानीय र आफन्तले टिपरमा आ’गजनी गरेका थिए । मेलम्ची चोकको स्थानीयले प्रदर्शन समेत गरेका थिए । स्थिति नियन्त्रणमा लिन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

Comment