News

अक्षय कुमारले गरे ४५ लाख सहयोग, ७ सय परिवारलाई खाना खुवाउँदै अजय देवगन

एजेन्सी । विश्वव्यापी भएको कोरोनाको प्रभाव भारतमा निकै नराम्रोसंग परेको छ । दिनहुँ हजारौं नागरिक कोरोनावाट प्रभावित भएका छन् । लाखौंका संख्यामा संक्रमित छन् । हजारौंको ज्यान गएको छ । कोरोना भाइरसको प्रकोप बढेसंगै यस समय हरेक मानिसको जनजिवन प्रभावित भएको छ । जिवनको शैलि फेरिएको छ । दिनहुँ मजदुरी गरेर खानेहरुको काम खोसिएको छ । ब्यापारी, कलाकार राजनीतिज्ञ सबै लकडाउनमा छन् ।

लाखौंमानिस कोरोना संक्रमित हुँदा अधिकांश मानिस आर्थिक अभाव झेलिरहेका छन् । ठूलो हुन् वा साना सबैलाई एउटै पिरलो छ । अझ दैनिक काम गरेर खाने वर्ग यस समय कोरोनाका कारण भोकसंग जुध्न बाध्य छन् । दुई छाक खानेकुरा जुटाउने सामथ्र्य हराउन थालेको छ । यस्तो अवस्थामा केही भारतीय कलाकारहरुले विपन्नलाई सहयोग गर्न थालेका छन् । यहीबीच बलिउड अभिनेता अक्षय कुमारले सिने र टेलिभिजन कलाकार संघलाई ४५ लाख भारु आर्थिक सहयोग गरेका छन् ।

यसैबीच पश्चिम बंगालमा आएको चक्रवत तुफानका कारण हजारौ मानिस बेघर भएका छन् । यस मुस्किल घडीमा पश्चिम बंगालका ब्रान्ड एम्बास्डर एवम् चर्चित बलिउड अभिनेता शाहरुख खानले समेत लाखौं रकम सहयोगको घोषणा गरेका छन् । उनीहरु सामाजिक काममा पनि खटिएका छन् । कोरोना प्रभावसंगै आएको अर्को विपत्तीले सर्वसाधारण वेघर भएका हुन् ।

तर भारतमा बढेको कोरोनाकाबीच एक निजी कम्पनीको उत्पादनलाई विज्ञापन गरेको भन्दै अकीृ एक नायीकाको भने आलोचना भइरहेको छ । राजनितिज्ञ समेत रहेकी उनी सामाजिक सञ्जालमा तारो बनेकी छन् । कुनै जमानाकी दिग्गज बलिउड अभिनेत्री एवम् भारतीय जनता पार्टीकी सांसद हेमा मालिनीलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले कडा आलोचना गरेका छन् ।

उनले एउटा पिठोको विज्ञापनमा गरेको अभिनयलाई लिएर आलोचना गरिएको हो । घरमा काम गर्ने महिलाको हात फोहर हुने भएकाले उनीहरुलाई पिठो मुछ्न दिनु हुँदैन भन्ने आशयको विज्ञापनमा उनी र उनको छोरीले पनि अभिनय गरेका छन् । सामाजिक सञ्जालमा निकै आलोचना भएपछि उनले माफी मागेकी छन् ।

भारतको आर्थिक राजधानी मुम्बई कोरोना भाइरसको सबैभन्दा बढि प्रभावित क्षेत्र हो । जसका कारण यस क्षेत्रमा रहेका अधिकाशं गरिब दैनिक रोजिरोटीको विकल्पमा भोकभोकै रहन बाध्य छन् । यहीबीच बलिउड अभिनेता अजय देवगनले करिब ७ सय परिवारको खानाको जिम्मेवारी उठाउदै आएका छन् ।

Related Articles

Back to top button
Close