Video

सुस्माको गल्ती छ अडियोमा बोलेको कुरामा केही सत्य छैन भन्दै युवतीहरु लाइभमा आएर खोले यस्ता कुरा ( हेर्नुहोस भिडियो)

काठमाडौं । नवराजको प्रेमिका भनिएकी युवती र उनको परिवार अहिले अनुसन्धानको लागि प्रहरी हिरासतमा छन् । आफ्नो प्रेमिकालाई वेहुली बनाउन भन्दै साथी लिएर गएको भनिएका नवराज मृत फेला परेका छन् । सो घटनामा अनुसन्धानका लागि २० जनालाई नियन्त्रणमा राखेको छ । नवराजको घरमा गएर एक साता बसेको भनिएका उनै युवतीका भाई लक्ष्मण मल्ल सार्वजनिक भएका छन् । उनले सो घटनाका धेरै कुरा खुलाएका छन् ।

नवराजको घरमा गएको स्वीकार गरेका उनले नवराजले बोलाएकै कारण आफु उनको घरमा गएको बताएका छन् । उनले नवराजसंग आफ्नो पनि फेसवुकवाट नै चिनजान भएको र उनले तिमी आउ म जाजरकोट घुमाइदिन्छु भनेर बोलाएका कारण आफु गएको बताए । भर्खर परिक्षा सकिएको थियो, त्यो बेलामा आउ म घुमाइदिन्छु भनेर बोलाए पछि म गएको हुँ उनले भने, मलाई दिदीसंग सम्बन्ध छ भन्ने कुरा आफुलाई थाहा नभएको बताएका छन् ।

उनले आफुले भिनाजु भनेर सम्बोधन नगरेको बताएका छन् । फेसवुकमा भिनाजु भनेर कमेन्ट गरेका छन् भन्ने कुरा आएको छ भनेर सुनाउँदा उनले त्यो कुरा गलत भएको बताएका छन् । विवाह नभएको मानिसलाई कसैले भिनाजु भन्छ, त्यो कुरा झुट हो, उनले भने मैले दाजु भन्थे । उनले आफ्नो दिदीसंग सम्बन्ध छ भन्ने कुरा लकडाउन पछि मात्र थाहा पाएको बताएका छन् । नवराजको परिवारले युवतीको भाईले भिनाजु भन्ने गरेको छ भनेर गरेको दावीको पनि उनले खण्डन गरेका छन् । उनले दाजु भनेर गएको हुँ भिनाजु भनेको छैन, दिदीसंग लभ थियो भन्ने पनि थाहा थिएन । लकडाउनको बेलामा मात्र थाहा पाएको थिए ।

उनले घरमा आएर उनीहरुले घरमा ढुंगाले हानेको बताएका छन् । दिदीको कोठा अगाडी उभिएर उनीहरुले ढुंगाले हानेको बताए । सात दिन सम्म नवराजको घरमा जाँदा उनले नसा प्रयोग गरेको आफुले देखेको बताए । मलाई पनि खाउ भनेर भनेका थिए, तर मैले खाइन । खै के हो औषधी भन्थे, टाउको दुख्यो भने खान्थे , कतै झगडा भयो भने ह्वार्रै जान्थे त्यस्तो प्रकारका थिए, उनले भने मलाई त्यो कुरा मन परेन । मैले त्यो कुरा थाहा पाएपछि दिदीलाई सुनाएको बताए ।

मैले दिदीलाई यस्तो केटासंग किन लभ गर्छेस् भनेर सोधेपछि मलाई यस्तो कुरा थाहा थिएन । अहिले मेरो सम्बन्ध उसंग छैन भनेर दिदीले आफुसंग भनेको उनले बताए । उनले वाराही मेला लागेको बेलामा नवराजसंग होइन, नवराजको बहिनी एसइइ दिने बेलामा पुजा भन्नेसंग गएर बसेको मलाई थाहा छ, नवराजको घरमा गएको मलाई थाहा छैन । उनले आफु नवराजको घरमा जाँदा आफुलाई बाबु किन आएको तिमी भनेर सोधेको पनि बताए । उनले सोध्दा दाईले घुमाइदिन्छु भनेर बोलाउनु भयो त्यही भएर आएको हुँ भनेर आफुले भनेको बताएका छन् । आफुले नवराजको घरमा गएको भनेर सुनाएपछि दिदीले आफुलाई गाली गरेको पनि बताएका छन् । आफु नवराजको घरमा जानु अघि नै दुई जना बिचको सम्बन्ध सकिइसकेको खुलासा पनि उनले गरेका छन् ।

Related Articles

Check Also
Close
Back to top button
Close