Saturday, May 21

‘उज्यालो नेपालका नायक’ कुलमान घिसिङसँग कति छ सम्पत्ति ?

March 31, 2022 609

काठमाडौं –

रामेछापको दुर्गममा अवस्थित सरकारी स्कुलमा पढेको एक सामान्य किसानको छोरो अहिले नेपाली जनताको मनमुटुमा बास बस्न सफल भएका छन् ।

घिसिङ नेतृत्वमा आइसकेपछि प्राधिकरणले देशैभरि विद्युत् चोरी नियन्त्रणका लागि अभियान नै चलायो । बिजुलीका नाङ्गा तारमा हुकिङ गरेर घरमा हुने चोरी मात्र होइन, ठूला व्यावसायिक उपभोक्तासँग प्राधिकरणका कर्मचारीको मिलेमतोमा चोरी भइरहेको घिसिङले सुइँको पाए ।

त्यसलाई रोक्न २०७३ माघमा घिसिङले प्राधिकरणको वितरण प्रणालीका करिब २ हजार ५०० कर्मचारीलाई एकैपटक सरुवा गरिदिएका थिए ।

सानै उमेरबाट निकै पढ्नमा रुची राख्ने घिसिङ उनको प्राथमिक शिक्षा गाउँमै बित्यो । उनी सधैं स्कुल फर्स्ट हुन्थे । ५ कक्षा पास गरेपछि उनी दाइहरूसँग काठमाडौं आए ।

काठमाडौं आएपछि कुलमानलाई उनका दाजुहरुले झोंछेको सरकारी स्कुल बालसेवा माध्यमिक विद्यालयमा कक्षा ७ मा भर्ना गरिदिए । कुलमान त्यहाँ पनि प्रथम नै भएका थिए ।

यसरी जहाँ पनि प्रथम–प्रथम हुँदै आएका कुलमान अहिले सबै नेपालीका लोडसेडिङ मुक्त गर्ने प्रथम र प्रिय पात्र बनेका छन् । बेला बेलामा उनि विभिन्न कारणले चर्चामा आए पनि उनी एक सच्चा देश भक्तका कारण नै फेरि पनि एक पटक यो देशको सेवा गर्ने मौका पाएका छन् ।

कुलमानले भारतबाट एलइडी बल्ब खरिद गर्दा राष्ट्रघात गरेको र कमिसन खाएको हो भनेर कुनै समय निकै विवादमा तानिएका कुलमानको सम्पत्ति यस्तो रहेको छ ।

कुलमान घिसिङको सम्पति कति ?

५० वर्षीय कुलमान रामेछापको बेथान भन्ने गाउँमा जन्मेका उनी हाल काठमाडौंमा बस्दै आएका छन् । विभिन्न समयमा विभिन्न ठाउँमा जागिर गर्दै आएका कुलमान अहिले महिनाको ५० देखि ७० हजारसम्म कमाउने गर्दछन्। उनको जम्मा कुल सम्पति ५ देखि ७ करोडसम्म रहेको बताइएको छ ।

त्यस्तै उनीसँग एउटा मित्सुबिसी पजेरो रहेको छ । जसको नेपाली मूल्य १ करोड ६२ लाख रहेको छ । उनले दीपा तामांगसंग विबाह गरेका छन् ।

उनीहरूका दुई छोराहरू रहेका छन् । काम सधैं राम्रो गरे फेरि जसले पनि आफै बोलाउँदो रहेछ भन्ने एक राम्रो उदाहरण हुन् कुलमान ।

पेशाले इञ्जिनियर घिसिङको जन्म रामेछापमा विसं २०२७ मंसिर १० गतेका दिन भएको हो। रामेछापको दुर्गम बेथान गाविसमा बुवा कृपासिंह घिसिङ तामाङ र आमा स्व. सेतीडोल्मा घिसिङ तामाङका साइला सुपुत्र कुलमानका ६ जना दाजुभाइ र ३ जना दिदीबहिनी छन्।

उनीकी श्रीमती दीपा तामाङ हुन्। घिसिङले कक्षा पाँचसम्मको अध्ययन गाउँकै प्राथमिक विद्यालयमै गरे। त्यसपछि उनको अध्ययन यात्रा काठमाडौंबाट अघि बढ्यो। दाजुहरुका साथमा उनी पनि काठमाडौं आए। र, अमरआदर्श आवासीय माविबाट पढाई अघि बढाए। विसं २०४३ सालमा एलएलसी पास गरेका घिसिङले उच्च शिक्षा भारतबाट आर्जन गरेका छन्।

काठमाडौंको अमृत साइन्स क्याम्मपसबाट आइएस्सी उतीर्ण गरेका घिसिङले सन् १९९४ मा भारतमा जम्सेदपुरबाट इलेक्ट्रिकल इञ्जिनियरिङको अध्ययन पूरा गरेका छन्। पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट उर्जा प्रणालीमा स्नातकोत्तर गरेका घिसिङले पोखरा विश्वविद्यालयबाट इएमबीए गरेका हुन्।

चिलिमेबाट चम्किए

नेपालबाट पढ्नकै लागि भारतको जम्सेदपुर गएका घिसिङ २०५१ सालतिर नेपाल फर्किए। जागिरे जीवनको सुरुवातमा उनी नेपाल विद्युत प्राधिकरणमा सातौं तहको इञ्जिनियर भए।

काम गर्ने क्रममा घिसिङको सरुवा रसुवाको चिलिमे जलविद्युत परियोजनामा भयो। चिलिमेमा उनी प्रबन्ध सञ्चालकको जिम्मेवारीमा गए। उनले चिलिमेलाई मुलुकको नमूना जलविद्युत आयोजनाको रुपमा विकास गरे। चिलिमे जलविद्युतमा वि।सं। २०६७ साउनदेखि २०७१ असारसम्म प्रबन्ध सञ्चालक रहेका घिसिङकै नेतृत्वमा चिलिमेकै आम्दानीबाट रसुवागढी जलविद्युत, मध्यभोटेकोसी, साञ्जेन माथिल्लो परियोजनाको थालनी गरियो।

समय क्रमसँगै उनलाई आयोजनाबाट काठमाडौं फिर्ता बोलाइयो। दुई वर्ष ‘बिजिनेस’ विहीन भएका घिसिङलाई वि।सं। २०७३ साल भदौ २९ गतेको मन्त्रिपरिषदको बैठकले विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा पहिलोपटक नियुक्त गरेको हो।

चिलिमे जलविद्युतको शेयर आमनागरिकहरुबाट विद्युत क्षेत्रका दलालले खोस्न थालेपछि घिसिङकौ अगुवाईमा एउटै गाउँ ७ करोड रुपैयाँ बराबरको शेयर फिर्ता भएको थियो।

जसबाट रसुवाका नागरिक उनलाई प्रिय मान्न थाले। तर, दलालहरुका आँखामा उनी कसिंगर भएर बिझाउन थाले। यही घटनाले नै एमाले कार्यकर्ता र दलालको बहकावमा लागेर तत्कालीन उर्जामन्त्री ज्ञवालीले घिसिङलाई काम गर्न नदिएको प्राधिकरण स्रोतले जनाएको छ।

घिसिङका ६ सुत्र

योजनाबद्ध काम गर्न रुचाउने कुलमान घिसिङले एकपछि अर्को कामको सूची तयार गरेका छन्। उनको कामको सूची यस प्रकार छः
१, आवश्यकता अनुसार विद्युत आपूर्ति।
२, गुणस्तरीय बिजुली।
३, भरपर्दो आपूर्ति।
४, सुरक्षित विद्युत।
५, वातावरणीय आउटलुक
६, प्रभावकारी सेवा प्रवाह

राधा ज्ञवालीको बक्रदृष्टी, जनार्दनको साथ

विसं २०७१ सालमा तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा फिर्ता बोलाइन्। तर, उनका लागि ज्ञवालीको त्यो कदम नयाँ अवसरको रुपमा सिर्जना भयो।

वि।सं। २०७१ असोजमा घिसिङ प्राधिकरणको निर्देशक भए। ११ तहमा बढुवा भएर निर्देशक बनेकका घिसिङलाई नयाँ जिम्मेवारी दिइयो। राहुघाट जलविद्युत आयोजना प्रमुखको जिम्मेवारी पाएका उनी जनार्दन शर्मा उर्जामन्त्री भएपछि नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक भए।

तर, स्थायी जागिरबाट राजीनामा दिएर घिसिङले प्राधिकरणको प्रबन्ध निर्देशकलेको जिम्मेवारी थाले । उनी भन्छन्, ‘सरकारको योजनाअनुसार हामी काम गरिरहेका छौं, हाम्रो टिम माथिदेखि तल्लोस्तरसम्म नै सशक्त छ।’

Comment